विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर प्रसारण लाइन सुचारु गरेपछि शुक्रबारबाट जलविद्युत केन्द्रको उत्पादन सुचारु भएको हो ।

प्रसारण लाइन तयार भएपछि करिब २ सातादेखि बन्द रहेको विद्युत उत्पादन सुचारु गरिएको जलविद्युत केन्द्र प्रमुख शिवकुमार साहले बताए । विद्युत प्रवाह हुने प्रसारण लाइन अवरुद्ध हुँदा असार १९ गतेदेखि मध्यमर्स्याङ्दीको उत्पादन बन्द थियो ।

बाढीले ९ नम्बर टावर बगाउँदा प्रसारण लाइन अवरुद्ध हुन पुगेको थियो । प्रसारण लाइन सुचारु गर्न उपकरण आयात गरी अस्थायी टावर निर्माण गरिएको छ । स्थायी टावर निर्माण गर्न प्रक्रिया पुर्याएर जाँदा समय लाग्ने देखिएपछि अस्थायी टावर निर्माण गरी प्रसारण लाइन सञ्चालनमा ल्यायएको हो ।

स्थायी टावर तयार नहुन्जेल अस्थायी टावरको सहयोगमा नै प्रसारण लाइन सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अस्थायी टावर राख्नु पर्ने स्थान दुगर्म क्षेत्रमा पर्ने हुँदा निर्माण गरी सञ्चालनमा ल्याउन २ साताको समय लागको हो । यो प्रसारण लाइनमा मध्यमर्स्याङ्दीसँगै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत प्रवाह हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit