विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्रो लगानी सम्मेलन–२०२४ 

काठमाडौँ । 'इमर्जिङ नेपाल' नाराका साथ आयाेजना हुन लागेको आसन्न लगानी सम्मेलनका लागि सरकारी निकायहरूले पहिचान तथा अध्ययन गरी अघि बढाएका २६ विद्युत् आयोजनालाई लगानीका लागि प्रदर्शनी (सोकेस) मा राखिने भएको छ । सरकारी निकायहरूबाट ऊर्जा मन्त्राललयमार्फत सिफारिस गरिएका ती आयोजनालाई लगानी बोर्डले सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेकाे हाे । 

लगानीका लागि आह्वान गर्दै प्रदर्शनीमा राख्न लागिएका २६ आयोजना मध्ये १६ वटा विद्युत् उत्पादन आयोजना छन् । यस मध्ये पनि ६ वटा जलाशय आयोजना छन् । त्यस्तै, ८ वटा नदी प्रवाहमा अधारित, एउटा आंशिक जलाशय र एउटा वायु ऊर्जा परियोजना रहेका छन् ।  

त्यस्तै, १० वटा उच्च भोल्टेज स्तरका विद्युत् प्रसारण परियोजना छन् । यी मध्ये ८ वटा ४०० केभीका र २ वटा २२० केभी क्षमताका लाइन छन् । सरकारले वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

प्रदर्शनीमा कुल १३५ आयोजना, ४ वटाको सम्झौता हुने

सम्मेलनका लागि सरकारले लगानी सोकेसमा १३५ आयोजनालाई समावेश गरेको छ । यी मध्ये ११९ परियोजना सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडेलमा अघि बढाउने गरी तयारी भएका छन् । त्यस्तै, ९ वटा आयोजना निजी क्षेत्रले लगानी गर्ने गरी सरकारले तयार पारेका छन् । बाँकी ७ वटा निजी क्षेत्रले लगानी ल्याउन सोकेसमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, यसमध्ये झण्डै पौने २ खर्ब रुपैयाँ लागत अनुमान गरिएका ३ आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) गर्ने तयारी समेत गरिएको छ । पिडिएको तयारीमा रहेका आयोजनाहरूमा नेपाल–चीन मैत्री औद्योगिक पार्क (७८ करोड ६० लाख अमेरिकी डलर), माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजना (६४ करोड ७० लाख अमेरिकी डलर), २५० मेगावाट ग्रिड कनेक्टेड सोलार परियोजना कोहलपुर तथा ४० मेगावाटको वाणगंगा जलाशय आयोजना (१९ करोड ८० लाख अमेरिकी डलर) छन् । त्यस्तै, डाबर नेपाल प्रालिले ९ अर्ब रुपैयाँ लगानी थप्ने विषयमा पनि सम्झौता हुने भएको छ ।

त्यसैगरी, आशयपत्र जारी (एलओआई) भएका १७, विचाराधीन अवस्थामा रहेका ३७ परियोजना छन् । नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न कम्पनीले अघि बढाएका लगानी खोजिरहेका २९ जलविद्युत् तथा प्रसारण लाइन आयोजनालाई पनि सोकेसमा समावेश गरिएको छ । स्थानीय तहका ५ आयोजनासमेत त्यसमा समावेश छन् ।


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३