विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा (वालिङ) । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले वालिङ क्षेत्रमा बिनासूचना अनियमितरूपमा विद्युत् कटौती गर्न थालेको छ । आज (मंगलबार) पनि विद्युत् कटौती गरेपछि त्यस क्षेत्रमा समस्या देखिएको छ ।

वालिङ बजार क्षेत्र र केही ग्रामीण क्षेत्रमा बिहानैदेखि बिजुली काटिएको स्थानीयले गुनासो गरेका छन् । त्यस क्षेत्रमा बिपिसीले ९.४ मेगावाटको आँधीखोला विद्युत्गृहबाट उत्पादित विद्युत् वितरण गरिरहेको छ । मिर्दीमा रहेको कन्ट्रोल प्यानलमा फेर्नुपर्ने हुँदा त्यसैका लागि आपूर्ति बन्द गरिएको आँधीखोलाका केन्द्र प्रमुख डोलप्रसाद खरेलले बताए ।

‘बिनासूचना विद्युत् काटिएको भन्ने होइन, बिहान सूचना निकालेका थियौं,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘दुई घन्टामा काम सकिन्छ भन्ने थियो तर तोकिएको समयमा पूरा हुन सकेन । हामी असफल भयौं ।’ अब करिब दुई घन्टामा आपूर्ति सुचारु हुने उनले जानकारी दिए ।

बिहानैदेखि विद्युत् आपूर्ति बन्द हुँदा सहर तथा ग्रामीण क्षेत्रबाट सेवा लिन बजार झरेकाहरूले दुःख पाएको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए । ‘सेवा प्रदायक संस्थाले सूचना नदिई सेवा अवरुद्ध गर्न पाइँदैन,’ उनले भने, ‘गाउँबाट रेमिट्यान्स लिन बजार झरेका, मालपोतमा काम हुने तथा राहाधानी बनाउन आउने सबैले सास्ती खेपेका छन् ।’

अहिले सबैजसो सरकारी काम अनलाइनबाट हुने गरेको छ । अनलाइन सेवाका लागि विद्युत् पहिलो आवश्यकता हो तर बिपिसीले यसमा लापरबाही गरेको सिग्देलले बताए । मालपोत, राहाधानी फाँट, रेमिट्यान्स लगायत सेवा केन्द्रको काम ठप्प भएको उनको भनाइ छ । बिपिसी अब मर्मत संभारकै काम गर्दा बिदा दिन पानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३