विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभरमा ६६ केभीभन्दा बढी क्षमताको ४ हजार ५ सय ७३ सर्किट किलोमिटर राष्ट्रिय प्रसारण लाइन निर्माण भएकाे छ । अर्थमन्त्रलयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण रिर्पोट अनुसार ६६ केभी, १३२ केभी र २२० केभी क्षमताका यति सर्किट किलाेमिटर प्रसारण लाइन निर्माण भई सञ्चालनमा आएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट उल्लेख भएको याे प्रगति २०७७ फागुनसम्मको हो । २०७७ असारसम्म ४ हजार २ सय ५१ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको थियो । साउनदेखि फागुनसम्मको अवधिमा ३ सय ३३ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको सर्वेक्षण रिर्पोटमा जनाइएको छ ।

जसमध्ये २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना–कुस्मा खण्ड पनि थपिएको हो । प्रसारण लाइनको यो खण्ड गत माघदेखि सञ्चालनमा आएको हो । यो नै २२० केभी क्षमतामा सञ्चालनमा आएको देशकै पहिलो प्रसारण लाइन हो ।

अहिले १३२ देखि ४०० केभी क्षमताका ३ दर्जन बढी प्रसारण लाइन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गत उच्च क्षमताका २४ प्रसारण लाइन निर्माणाधीन छन् । जसमा १३२ केभी क्षमताका १७ वटा, २२० केभी क्षमताका ६ र ४ सय केभी क्षमताको एउटा प्रसारण लाइन निर्माणाधीन छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहायतामा आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत पनि १३ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण भइरहेका छन् । जसमा १३२ केभी क्षमताका ४ वटा, २२० केभी क्षमताका ७ वटा र ४ सय केभी क्षमताको २ वटा प्रसारण लाइन निर्माणाधीन छन् ।

निर्माणाधीनमध्ये १३२ केभी सिंगटी–लामोसाँघु र समुन्द्रटार–त्रिशूली प्रसारण लाइनको संरचना तयार भई सञ्चालनमा आउने तयारीमा छन् । सिंगटी–लामोसाँघु १२ वर्षपछि सम्पन्न भएको हो । यस्तै, ३३ केभी र सोभन्दा साना (११ केभी) प्रसारण तथा वितरण लाइन निर्माण १ लाख ६७ हजार १ सय ९१ किलोमिटर पुगेको छ ।

३३ केभी र ११ केभी लाइनबाट विद्युत वितरण हुँदै आएको छ । २०७७ असारसम्म १ लाख ४५ हजार २ सय ५४ किलोमिटर लाइन निर्माण भएकोमा ९ महिनामा २१ हजार ९ सय ३७ किलोमिटर लाइन थपिएको पनि रिर्पोटमा उल्लेख छ । ३३ केभी र सो भन्दा सानो ११ केभी प्रसारण तथा वितरण लाइनबाट विद्युत वितरण हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit