विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बिहीबार कम्पनीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

कम्पनीले अबको ३ महिनाभित्र बोर्डमा आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्नेछ भने त्यसको २१ महिनामा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बुझाउनुपर्ने सर्त तोकिएको छ । कम्पनीले अनुमतिपत्र लिन गत असोज ११ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले पश्चिम सेतीसँगै ४५० मेगावाटको एसआर–६ निर्माण गर्न नेपाल सरकारबाट सैद्धान्तिक सहमति पाइसकेको छ भने यस विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर समेत भइसकेको छ । गत भदौ २ गते सरकारसँग भएको एमओयू अनुसार ४५ दिनभित्र पश्चिम सेतीको अध्ययन अनुमति लिइसक्नुपर्ने प्रावधानअनुसार कम्पनीले आवेदन दिएको बोर्डले जानकारी दिएको छ ।

एसआर–६ का लागि भने ६ महिनाको म्याद तोकिएको हुँदा कम्पनीले त्यही अनुसार प्रक्रिया अगाडि बढाइरहेको पनि जनाइएको छ । एनएचपिसी दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी कम्पनी पावर ट्रेड कर्पोरेशन इन्डिया लिमिटेड (पिटिसी) सँग विद्युत खरिद बिक्रीका लागि एमओयू गरिसकेको छ ।

यसअघिका विभिन्न अध्ययनअनुसार पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदीबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुनेछ । पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय  क्षेत्रमा सेती नदी आयोजना निर्माण हुने अध्ययनमा उल्लेख छ भने उत्पादित विद्युत न्यू अत्तरिया सबस्टेसनमा जोड्ने योजना छ ।

दुवै आयोजना निर्माण गर्न ३ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र एनएचपिसीले २ खर्ब ८८ अर्ब रुपैयाँ (१ खर्ब ८० अर्ब भारु) ल्याउने बाचा गरेको छ । जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको एनएचपीसीका ७ हजार ५३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन छन् । केही वर्षभित्र जडित क्षमता दोब्बर ९१४ हजार ६१० मेगावाट० पुर्याउन लागेको कम्पनीका केही ठूला आयोजना पाइपलाइनमा छन् ।

एनएचपीसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो । सो अवधिमा एनएचपीसीको खुद ३५ अर्ब ३८ करोड भारु नाफा कमाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपीसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु–कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।

सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ ।

याे पनि पढ्नुहाेस्

पश्चिम सेती निर्माणका लागि एनएचपिसीले अध्ययन अनुमतिपत्र माग्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३