विद्युत अपडेट

  • प्राधिकरण : ८२०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५३० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८१३ मे.वा.घन्टा
  • आयात : ३८२८ मे.वा.घन्टा
  • निर्यात : ३८३७ मे.वा.घन्टा
  • ट्रिपिङ : ४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५१ मे.वा.
२०८३ जेठ ३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

छिल्लो समय नेपालमा पुराना पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीय सवारी (इभी) मा रूपान्तरण गर्ने विषयले निकै चर्चा पाइरहेको छ । धेरैले यसलाई भविष्यको सम्भावनाको रूपमा हेरिरहेका छन्, जुन सकारात्मक हो । यद्यपि, यो पुराना पेट्रोलियम सवारी साधनबाट इन्जिन निकालेर मोटर र ब्याट्री राख्ने सामान्य काम मात्र होइन ।

यो वास्तवमा गाडीको सम्पूर्ण प्राविधिक संरचना तथा प्रणालीमा परिवर्तन गर्ने प्रक्रिया हो । यसले गाडीको संरचना, विद्युतीय प्रणाली, ताप व्यवस्थापन, ब्रेकिङ, सस्पेन्सन, सन्तुलन तथा समग्र सुरक्षामा प्रत्यक्ष असर पार्दछ ।

मेरो प्राविधिक अनुभव र बुझाइका आधारमा नेपालका सवारी साधनलाई सुरक्षित, भरपर्दो तवरले इभीमा रूपान्तरण गर्न मुख्य रूपमा निम्न १० प्रमुख चुनौतीहरू देखिन्छन् :

१. संरचनात्मक मजबुती र सुरक्षा : ब्याट्री प्रणाली थपिएपछि गाडीको तौल वितरण, गुरुत्व केन्द्र र सन्तुलन परिवर्तन हुन्छ । यसबाट ब्रेकिङ, ह्यान्डलिङ र समग्र सुरक्षामा प्रत्यक्ष असर पार्छ ।

२. परीक्षण तथा प्रमाणीकरण पूर्वाधारको अभाव : इभीमा रूपान्तरण गरिएका सवारीको सुरक्षा, टिकाउ र दिगोपन वैज्ञानिक रूपमा परीक्षण गर्ने पर्याप्त पूर्वाधार र प्रमाणीकरण प्रणालीको नेपामा अझै अभाव छ ।

३. उपयुक्त सवारी छनोट : पुरानो तथा पेट्रोलियम इन्धनबाट चल्ने भन्दैमा हरेक गाडी ईभी बनाउन उपयुक्त हुँदैनन् । त्यसैले, चेसिसको अवस्था, खिया, मेटल फ्याटिग तथा संरचनात्मक मजबुती राम्रोसँग परीक्षण गर्नुपर्छ ।

४. सवारीहरूको विविधता : नेपालमा रहेका सबै सवारीको डिजाइन, संरचना र प्रयोग फरक हुन्छ, त्यसैले एउटै विधि सबैमा लागु हुँदैन ।

५. पावरट्रेनको उचित निर्धारण : ब्याट्री, मोटर, कन्ट्रोलर तथा ड्राइभ प्रणालीको क्षमता सवारीको तौल, भूगोल, भार तथा आवश्यक कार्यक्षमताका आधारमा प्राविधिक हिसाबले निर्धारण हुनुपर्दछ ।

६. ब्याट्री सुरक्षा तथा ताप व्यवस्थापन : गलत ब्याट्री इन्टिग्रेसन वा कमजोर ताप व्यवस्थापनले अत्यधिक ताप, विद्युतीय खराबी, क्षमता ह्रास वा थर्मल रनअवे जस्ता जोखिम निम्त्याउन सक्छ ।

७. उच्च भोल्टेज विद्युतीय सुरक्षा : विद्युतीय सवारीमा उचित इन्सुलेसन, ग्राउन्डिङ, सर्ट–सर्किट सुरक्षा तथा इमर्जेन्सी आइसोलेसन प्रणाली अत्यन्त आवश्यक हुन्छ ।

८. ब्रेक, सस्पेन्सन तथा सवारी सन्तुलन : भारी ब्याट्री प्रणाली जडान गरेपछि ब्रेकिङ क्षमता, सस्पेन्सनको व्यवहार, स्टेरिङ प्रतिक्रिया र सवारीको स्थिरतामा ठूलो परिवर्तन आउन सक्छ ।

९. सडक पूर्वाधार, मौसम र सवारी चाप : सडक पूर्वाधारको अवस्था (उकालो–ओरालो, घुम्ती, कच्ची, धुलो–हिलो) मौसम (वर्षा, तापक्रमको उतारचढाव) सवारी चापको अवस्था (ट्राफिक जाम) जस्ता कुराले विद्युतीय प्रणालीमा थप प्राविधिक चुनौती सिर्जना गर्दछन् ।

१०. मापदण्ड तथा प्राविधिक प्रणालीको अभाव : प्राविधिक मापदण्ड, परीक्षण केन्द्र, दक्ष जनशक्ति, प्रमाणीकरण प्रणाली तथा स्पष्ट नियमावली बिना ठूलो स्तरमा सवारी साधनलाई इभीमा रूपान्तरण गर्नु सुरक्षित र दिगो हुन सक्दैन ।

र, एउटा महत्त्वपूर्ण प्रश्न :

यदि रूपान्तरण गरेर बनाइएको इभीमा केही वर्षपछि ब्याट्री वा विद्युतीय खराबी आयो भने त्यसको जिम्मेवारी निर्धारण गर्ने प्राविधिक मापदण्ड, प्रमाणीकरण प्रणाली तथा बीमा संरचना नेपालमा तयार छ ?

यसको अर्थ नेपालले रूपान्तरण गरेर इभी बनाउन रोक्नुपर्छ भन्ने होइन । वास्तवमा छोटो दूरीका सहरी प्रयोगका लागि यसको ठूलो सम्भावना छ तर दिगो उद्योग केवल उत्साहले बन्दैन । त्यसका लागि प्राविधिक क्षमता, अनुसन्धान, परीक्षण पूर्वाधार, मापदण्ड र दीर्घकालीन प्रणाली विकास आवश्यक हुन्छ ।

त्यसैले, सावधानी अपनाउनु नकारात्मक सोच होइन, यो त प्राविधिक जिम्मेवारीभित्र पर्ने विषय हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३