विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशको धादिङ जिल्लामा २४ मेगावाटको इलेप खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । जलशक्ति हाइड्रोपावर कम्पनीले आयोजना निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ । 

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालसँग समक्ष आग्रह गरेको छ । 

सरोकारवाले विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ ।आयोजनाको मुख्य संरचना इलेप खोलाको बायाँ किनारमा पर्दछ ।

इलेप खोलामा बाँध बाँधी ३ हजार ३ सय २० मिटर लामो सुरुङ तथा ७ सय ५० मिटर लामो पेनस्टक पाइप राखेर इलेप खोलाको बायाँ तथा मेनचेत खोलाको दायाँ अर्थात दुई खोला बिचको दोभानमा निर्माण हुने विद्युतगृहमा पानी खसालिनेछ । 

विद्युतगृहमा जडान टर्वाइनमा पानी खसाली टर्वाइनमा जडान भएको २ वटा ३ फेज  जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजना पूरा भएपछि वार्षिक १४४.८६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट २०८१ मंसिर २५ गतेभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि ३२ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत प्राधिकरणको प्रस्तावित त्रिशुली–३ ‘बी’ सबस्टेसनमा लगेर जोडिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit