विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 काठमाडौँ । ताप्लेजुङ जिल्लाको सिरजंगा गाँउपालिकामा निर्माणाधीन १२ मेगावाटको सुपर काबेली जलविद्युत् आयोजनाको करिब २ किलोमिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको छ । हिल्टन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सुरुङ बुधबार वारपार भएको हो । 

उक्त गाँउपालिकाका वडा ६, ७ र ८ नम्बरमा निर्माण भइरहेको आयोजनाको विद्युत्गृहमा ६.२५ मेगावाटका २ वटा युनिट जडान गरिने छ । आयोजनाले वार्षिक औसत ७४.३३१ गिगावाट घन्टा (७ करोड ४३ लाख ३१ हजार युनिट) विद्युत् उत्पादन गर्ने अध्ययनले देखाएको छ । 

आयोजनाबाट उत्पादित विद्युत् १८ किलोमिटर दूरीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिने छ । सुरुमा २ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा २ अर्ब  १८ करोड पुग्ने आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३