विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय देशभित्र जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुँदै गएको देखिन्छ । यद्यपि, यसको यथोचित उपयोग हुने ठाउँ देखिँदैन । यही कारण दक्ष जनशक्ति समेत विदेश पलायन भइरहेको देखिन्छ । यो समस्या समाधान गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले पहल गरेको छ ।

देशभित्र उत्पादन भइरहेको दक्ष जनशक्ति स्वदेशी जलविद्युत् विकासमै उपयोग गर्ने उद्देश्यले इपान र एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (एक्मी) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । बुधबार (चैत ४ गते) भएको एक कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र एक्मीका अध्यक्ष रमेशकुमार सिलवालले हस्ताक्षर गरे ।

कार्यक्रममा इपानका अध्यक्ष आचार्यले जलविद्युत् विकासका लागि आवश्यक दक्ष प्राविधिक देशभित्रै उत्पादन हुँदै गएको हुँदा त्यसको उचित व्यवस्थापन गर्नुपर्ने बताए । ‘निजी क्षेत्रले जलविद्युत्मा लगानी सुरु गर्दा दक्ष जनशक्ति अभाव थियो सरकारले पनि स्वदेशीले पूर्वाधारमा काम गर्न सक्दैनन् भन्थ्यो,’ उनले भने, ‘अब हिजोको जस्तो समस्या छैन । प्रशस्त जनशशक्ति छन्, तिनको सदुपयोग गर्ने ठाउँ इपानले व्यवस्था गर्नेछ ।’

एक्मीसँग भएको एमओयूले इपान र कलेज दुवैको विकासमा सहयोग पुर्याउनुका साथै जलविद्युत् क्षेत्रमा लागेका व्यवसायीलाई ठूलो सहयोग पुर्याउने पनि आचार्यले बताए । ‘सँगै जाऊँ, सँगै विकास गरौं भन्ने हाम्रो अवधारणा छ,’ उनले भने, ‘कलेजबाट निस्कने विद्यार्थीलाई रोजगारीको व्यवस्था गर्दै व्यवसायतिर पनि आकर्षित गर्न एमओयूले मद्दत गर्नेछ ।’

यसैगरी, कलेजका अध्यक्ष रमेशकुमार सिलवालले एमओयूका कारण औद्योगिक र प्राज्ञिक क्षेत्रलाई एकसाथ अगाडि बढाउने बताए । ‘विकसित देशमा उद्योगले प्राज्ञिक क्षेत्रलाई खोज्ने र प्राज्ञिक क्षेत्रले उद्योगलाई खोज्ने प्रचलन छ,’ उनले भने, ‘नेपालमा पनि अब त्यो प्रणालीको विकास गर्नुपर्छ ।’ यस समझदारीले ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै विद्यार्थीलाई उद्यमी व्यवसायी बनाउन सहयोग पुर्याउनेछ ।’

अहिले विद्युत् उत्पादन गरेर बजार खोज्ने वा बजार खोजेर उत्पादन गर्ने वा दुवै एकसाथ अगाडि बढाउने भन्ने प्रश्न रहेको सिलवालको भनाइ छ । सरकारले आन्तरिक र बाह्य बजार विस्तारमा काम गरिरहेको हुँदा भविष्यमा बिजुली बजारको समस्या नहुने पनि उनले बताए । ‘सम्भावनाहरूको खोजी भइरहेको हुँदा विद्युत् निर्यात गरेर मुद्रा आर्जन गर्ने आधार बन्दै गएको छ,’ उनले भने ।

उता इपानका उपाध्यक्ष आषिश गर्गले यो एमओयूले इपान र कलेजको व्यावसायिक तथा प्राज्ञिक विकासमा पुलको काम गर्ने बताए । ‘कलेजमा पढ्दै गरेका विद्यार्थी इपानमार्फत निजी क्षेत्रका विभिन्न आयोजना गएर काम गर्न सक्छन्, यसले उनीहरूको बृति विकासमा ठूलो भूमिका खेल्नेछ,’ उनले भने, ‘इपानले पनि आफूलाई वा निजी क्षेत्रलाई चाहिएको जनशक्ति कलेजबाट प्राप्त गर्न सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit