विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल सरकारले आगामी तीन वर्षमा तराई–मधेसकाे थप ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने भएकाे छ । सरकारले  ‘नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम’ मार्फत सेवा पुर्याउने घाेषणा गरेकाे हाे ।

सरकारले कृषियोग्य भूमिमा सिँचाई सुविधा पुग्नेगरी आयोजनाहरू समयमै सम्पन्न गर्ने र आगामी ३ वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिनमा सिचाई सुरू गर्ने घाेषणा गरेकाे छ । यस्तै, सिँचाइका लागि वर्षायाममा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत विजुली छुट दिने भएको छ ।

कृषिलाई आर्थिक वृद्धि, रोजागारी सिर्जना, गरिबी निवारण, औद्योगीकरण र निर्यात व्यापार अभिवृद्धिको प्रमुख क्षेत्रका रुपमा विकास गर्ने जनाइएको छ । कृषिक्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्न उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि उत्पादनमा आत्मानिर्भर हुन कृषकको आय र जीवनस्तरमा सुधार ल्याउन र निकासी वृद्धि गर्न पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारी हुने गरी कार्यन्वयन गर्ने लक्ष्य रहेको छ ।

कृषि आधारित उयोगमा संलग्न हुने युवा तथा वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउने र भुमि बैंकको अवधारणा कार्यन्वयन गर्ने सरकारको घोषणा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit