विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विद्युत्‌गृहको जेनेरेटरबाट उत्पादित विद्युत् टाढा-टाढाका स्थानसम्म पठाउँदा (प्रसारण गर्दा) कम भोल्टेज स्तरमा प्राविधिक चुहावट बढी हुन्छ । यसाे हुँदा, सँगै रहेको स्वीचयार्डमा स्टेप अप ट्रान्सफर्मर (ट्रान्समिटर होइन) मार्फत आवश्यकता अनुसार ६६/१३२/२२०/४०० केभी क्षमताका लामो प्रसारण लाइन हुँदै लोड सेन्टर (खपत हुने क्षेत्र) नजिक सबस्टेसन निर्माण गरी पुन: स्टेप डाउन गरी ३३ केभी वा ११ केभीको वितरण लाइनमार्फत सहर बजार/गाउँ टोलमा वितरण गरिन्छ । त्यस्ता टोलमा समेत पुन: ४०० भोल्टमा स्टेप डाउन गरी ग्राहकको घर-घर, कार्यालय वा उद्योग/कलकारखाना जस्ता बिजुली खपत हुने स्थानसम्म पुर्‍याइन्छ ।

राष्ट्रिय विद्युत् प्रणाली (प्रसारण ग्रिड) के हो ? विद्युत् माग र आपूर्तिको व्यवस्थापन कसरी हुन्छ ? 

विद्युत् ऊर्जाको कुरा गर्दा यो शब्द पनि निकै सुनिन्छ । इलेक्ट्रिकल इनर्जी (विद्युत् ऊर्जा) सञ्चय गर्न सकिँदैन । थोरै-थोरै मात्रा मात्र ब्याट्रीमा सञ्चय गर्न मिल्छ, जुन अव्यवहारिक र महँगो पर्छ । त्यसैले, जहाँ खपतको माग (demand) आउँछ, त्यसलाई परिपूर्ति गर्न देशैभरि (हाल भारतसमेत) का विद्युत्‌गृह र सबस्टेसनहरू एक आपसमा सञ्जाल (नेटवर्क) मा जोडिएका हुन्छन् । कुनै विद्युत्‌गृहबाटै उत्पादन (Generation) बढाएर आपूर्ति (Supply) गर्नुपर्छ । यो सञ्जाल नै ग्रीड हो । त्यसैगरी, माग घट्दा उत्पादन घटाउनुपर्छ वा कुनै विद्युत्‌गृहको कुनै युनिट बन्द गर्नुपर्ने हुन सक्छ ।

उदाहरणका लागि ग्रिडमा कुनै समय १५०० मेगावाट छ, बीचमा  एउटा १० मेगावाटसम्म खपत गर्ने उद्योग चल्न थाल्यो भने त्यो अपुग १० मेगावाटको असर ग्रिडमा पर्छ । यहाँ लोड बढ्यो, यसले प्रणालीको फ्रिक्वेन्सी (जुन 50Hz मा स्थिर हुनुपर्छ) घट्छ । त्यसको असर विद्युत्‌गृहको टर्बाइन/जेनेरेटरमा पर्छ र त्यहाँको गभर्नर लगायत स्वचालित प्रणालीले बढी पानी तानेर त्यो नपुग उत्पादन (१० मेगावाट) नै बढाउँछ । यस्तो माग (लोड) र आपूर्ति (उत्पादन) को घटबढ हरेक सेकेन्डमा हुन्छ। यसैले देशभरिका विद्युत्‌गृह/सबस्टेसन र केन्द्रमा यो सबै लोड व्यवस्थापन/नियन्त्रण र निर्देशन गर्न एलडीसी (भार प्रेषण केन्द्र) मा इन्जिनियर तथा प्राविधिकहरू दैनिक २४ घन्टै ड्युटीमा खटिएका हुन्छन् ।

लोड र इनर्जीमा के फरक छ?

यसरी हरेक सेकेन्ड/मिनेट आपूर्ति बदलिरहने भएकोले ऊर्जा (इनर्जी) खपत मेगावाट घन्टा (MWh) मा नापिन्छ । १ मेगावाट घन्टा बराबर १ हजार युनिट हुन्छ । दिनभरि कति खपत वा उत्पादन भयो भन्नलाई मेगावाट घन्टामा भन्नुपर्छ न कि मेगावाटमा । जस्तै: असार २६ गते कूल ५४९५२ मेगावाट घन्टा विद्युत् उत्पादन भयो तर दिनभरिमा कुनै एक क्षणमा उच्चतम उत्पादन वा खपत भएको हुन्छ । त्यसलाई पिक लोड भनिन्छ ।

असार २६ गते नै भारत निर्यातसहितको पिक लोड (उच्च माग) २३३७ मेगावाट थियो । २ सय मेगावाट जडित क्षमताको प्लान्टले दिनभरिमा पुग्ने पानी भए पनि हर क्षण पूर्ण क्षमतामा नचल्न सक्छ । कुनै समय त्यो पूर्ण क्षमतामा चलेको भए सो दिनको त्यसको पिक लोड २ सय मेगावाट र इनर्जी मिटरमा देखिने युनिट त्यसको दिनभरिको आपूर्ति (इनर्जी मेगावाट घन्टामा) हो।

लोडसेडिङ के हो ?

माग बमोजिम सबै विद्युत् केन्द्र चलाउँदा समेत आपूर्ति गर्न पुगेन भने जति परिमाणले पुगेन त्यो बराबर कुनै लोड सेन्टर (खपत हुने ठाउँ) को विद्युत् कटौती गरिन्छ । त्यो नै लोडसेडिङ हो ।

स्पील इनर्जी के हो ?

खोलामा सो विद्युत्‌गृहलाई चाहिने आवश्यक पानीको बहाव (design plant discharge) उपलब्ध हुँदा-हुँदै पनि विद्युत् माग नभएर (खपत गर्ने ठाउँ नभएर) वा विद्युत्‌गृह वा प्रसारण वा वितरण प्रणालीमा केही समस्या भएर त्यो प्रयोग गर्न सकिने पानी विद्युत्‌गृहतिर नछिराई खोलामै खेर फाल्नुपर्ने अवस्था आयो भने त्यो फालिएको पानी बराबरको ऊर्जा स्पील इनर्जी हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३