विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । गत आइतबार (माघ २५ गते) भारतको उत्तारखण्ड हिमाली राज्यको धौलीगंगा नदीमा एक्कासी बाढी आउँदा यो नदी सहित यसका साखा नदीहरूमा जनधनको क्षति सहित यस क्षेत्रमा निर्माण भइरहेका र निर्माण भइ सञ्चालनमा रहेका जलविद्युत् अयेजनामा अपुरणीय क्षति भएकाे छ ।

अहिलेसम्मको प्रतिवेदनअनुसार धौलीगंगा नदीको उदगमस्थलमध्ये कुनै एक ठाउँमा (सम्भवत चमोली क्षेत्रतिर) हिमताल (Glacial Lake) विस्फोट भएको कारणले यस नदीमा अकस्मात बाढी (GLOF: Glacial Lake Outburst Flood) आएको जानकारी दिएकोछ।

भारतको उत्तराखण्ड र नेपालको भौगोलिक अवस्था लगभग उस्तै भएको हुँदा नेपालमा पनि यस्तै किसिमको प्राकृतिक विपत्ति हुने सम्भावना उत्तिकै छ।  नेपालमा  करिब ८०% हिमाली क्षेत्र छ जुन देशको उत्तरी भागतिर छ । यसको दक्षिणी भाग, जुन तराई बेल्ट भनेर चिनिन्छ, समतल छ ।

नेपालमा अधिकतर नदीहरू उत्तरबाट दक्षिणतिर उच्च वेगमा बग्ने गर्दछन् ।  यसरी  नेपालका नदीहरू हिमाल, उच्च पहाड र चुरे क्षेत्रबाट उद्गम भएर नेपालको समथर भू-भाग तराई हुँदै नेपालबाट भारततिर अविछिन्नरूपमा बग्दछन । नेपालका नदीहरूको लम्बाई करिब ४५ हजार  किलोमिटर छ । त्यसैले त नेपाल जलस्रोतमा विश्वका धनी देशहरूमध्ये एक हो ।

नेपालका अधिकांश बाह्रमासे नदीहरूका मुहान उत्तरतिरका हिउँ, हिमनदी लगायत हिम ताल नै हुन् । जसले गर्दा सुख्खा मौसममा पनि नदीहरूमा पानीको बहाब हुन्छ । जलविद्युत् उत्पादन, सिँचाइ नहर र पानीआपूर्ति गर्ने योजनाहरूका लागि यस्ता खालका नदीहरू निकै भरपर्दा हुन्छन् ।

नेपालमा ३ हजारभन्दा बढी हिमनदीहरू छन् जसले ३२ बर्गकिलोमिटर क्षेत्रफल ओगटेका छन् । यसमा जोडिएका २ हजारभन्दा बढी हिमतालहरू छन् । जसको कूल क्षेत्रफल ७५ बर्ग किलोमिटर क्षेत्रफल छ । प्रायःजसो यी हिमतालहरू उच्च पहाड अथवा हिमालयको फेदमा भेटिन्छन् ।

नेपालका नदीहरूमा जलविद्युत् उत्पादनको अधिक सम्भाव्यता रहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा प्रयोग हुने कूल प्रतिशतको ९०% बिजुली जलविद्युत्बाट मात्र उत्पादन हुन्छ । जलस्रोतको विशाल भण्डारले गर्दा नेपालको विद्युत् उत्पादनलाई विश्वभर पुराउन सकिन्छ । 

नेपालका नदीहरूबाट जलविद्युत उत्पादनको सम्भावना प्रख्यात भए पनि यस क्षमताको अनुभूति व्यवहारमा भइरहेको छैन । यद्यपि, विगत दशकमा धेरै सार्वजनिक र निजी जलविद्युत्विका परियोजनाहरू सुरु भएका छन् । जसअनुसार धेरै योजनाहरू अध्ययन तथा निर्माणको चरणमा छन् । जबकि, केही योजनाहरू सञ्चालनमा छन्, वा साइट सर्वेक्षण वा निर्माण चरणमा ।

नेपालभर हालसम्म २५० जति जलविद्युत परियोजनाहरू प्रस्तावित छन् । परियोजनाहरूको घनत्व पूर्वमा धेरै बढी देखिन्छ भने तराईमा लगभग कुनै पनि छैनन् ।

जलविद्युत् उत्पादन नदीमा उपलब्ध पानीको मात्रामा अत्याधिक निर्भर छ । नेपालमा हिमालतिरबाट उद्गम भइरहेका नदीहरूमा नियमित पानीको बहाब हुने हुँदा वर्षौंसम्म विद्युत् उत्पादनलाई कायम राख्न सकिन्छ तर नदीमा हुने कुनै परिवर्तनले प्रत्यक्षरूपमा जलविद्युत् उत्पादनलाई असर गर्न सक्छ । यदि, नदीहरूको मुहानमा हिउँ सक्किँदा अथवा हिमताल फुट्दा सम्बन्धित नदीहरूमा जलविद्युत् उत्पादन प्रत्यक्ष अप्रत्यक्ष असर पर्न जान्छ।

यसै समन्धमा Journal of Asian Energy Studies (JAES) मा भर्खरै एउटा अनुसन्धानमुलक लेख 'नेपालको जलविद्युत् उत्पादनमा हिमनदीहरूको भूमिका (The Role of Glaciers in Hydropower Production in Nepal)'  प्रकाशित भएको छ । उक्त आलेखकाे पूर्ण विवरण यहाँ पढ्न सकिनेछ ।

लेखमा नदी र नदीको मुहानमा हुन सक्ने सम्भावित जोखिम जस्तै, हिमालय क्षेत्रमा नयाँ हिमतालहरू र हिमनदी या ताल फुटने (GLOF) सम्भावना हालका चुनौतीहरू हुन् । कुनै पनि नदीमा हुने परिवर्तनले जलविद्युत् आयोजनाहरूमा गम्भीर परिणाम निम्त्याउन सक्छ वा यी परियोजनाहरूलाई देशभरमा गम्भीर क्षति पुर्याउन सक्छ, चाहे ती अध्ययन चरणमा हेउन् वा निर्माणाधीन । 

यस अनुसन्धानले हिमनदीहरूमा पर्ने प्रभाव र यसका असर नेपालको जलविद्युत् उत्पादनमा कसरी हुन्छ भन्ने जानकारी दिनेछ ।

अनुसन्धानकर्ताहरू क्रमशः  शक्ति पिसी (National Research Institute for Earth Science and Disaster Resilience, Tsukuba, Japan), इश्वर पुन ( University of Leeds, United Kingdom) र किताल्चा भडेल (Texas A&M AgriLife Research, Texas A&M University, USA) र दर्शन क्षेत्री (IIT Kharagpur, India) हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३