विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

माज र देशले मात्रै होइन, अहिले समयले पनि युवाहरूको आवाज बोलिरहेको छ । युवाहरूको काँध खोजिरहेको छ । युवाहरूकै नेतृत्व रोजिरहेको छ । पुराना अगुवा वा थोत्रो खोल ओढेका नेता नयाँबाट विस्थापित हुँदै जानुपर्ने अनिवार्य सर्त भइसकेको छ । प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा समेत यस्तै विगूल फुकिएको छ ।

युवामा जोस हुन्छ । होस हुन्छ । चेतनाको गतिशील प्रवाह हुन्छ । परिवर्तन एवम् रूपान्तरणको वायुपङ्खी घोडा युवाले नै दौडाउनु पर्छ भन्ने सर्वमान्य मान्यता बनिसकेको छ । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको ऊर्जा तथा जलविद्युत् विकासका क्षेत्रमा पनि यो अवधारणाले ठाउँ सुरक्षित गरिसकेको देखिन्छ । यस्तै पृथक र नवीन नेतृत्वको शिखरमा उभिएका छन् – उत्तम भ्लोन लामा

नेपालको ऊर्जा क्षेत्रमा पछिल्ला दुई दशकमा देखिएको निजी क्षेत्रको सक्रियता, जोखिम लिन सक्ने क्षमता र दीर्घकालीन सोचसँग केही नामहरू स्वाभाविक रूपमा जोडिन्छन् । ती नाममध्ये पनि हुन् — उत्तम ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष लामा जलविद्युत्, सौर्य ऊर्जा, एआई (कृत्रिम बौद्धिकता) डाटा सेन्टर, विद्युत् व्यापारलगायत बहुआयामिक लगानीमार्फत नेपालको ऊर्जा विकासमा प्रभावशाली पात्रका रूपमा स्थापित छन् । यो यात्रा सजिलै तय गरिएको भने होइन । मध्यम वर्गीय परिवार, आर्थिक अभाव, व्यक्तिगत पीडा, जोखिमपूर्ण निर्णय र निरन्तर संघर्षको लामो बाटो पार गर्दै उनी आजको स्थानमा आइपुगेका हुन् । 

प्रारम्भिक जीवन

उत्तम वि.सं. २०४० साल असोज ३ गते मकवानपुर जिल्लाको मार्खु (सर्वाङ) मा जन्मिए । हालको प्रशासनिक विभाजनअनुसार इन्द्र सरोवर गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । उनका बुवा नेपाल प्रहरीमा कार्यरत थिए भने आमा गृहिणी । गरिखान पुग्ने जग्गा–जमिन भए पनि सीमित आय, साधारण जीवनशैली र अनुशासनमा हुर्किएको उनको बाल्यकालले आरम्भदेखि नै जीवनप्रति व्यवहारिक दृष्टिकोण निर्माण गरेको देखिन्छ ।

सानैदेखि हजुरबुवाका गतिविधि नियाल्ने उनी ‘काम गरेर कमाउने’ संस्कारमा हुर्किए । त्यही सिके र त्यही आत्मसात् गर्ने कोसिस गरे । यही पृष्ठभूमिका कारण आज उनी व्यवसायमा छन् । यसलाई संयोगभन्दा लगनशीलता, परिश्रम र अठोटको प्रतिफलको मान्छन्, उनी ।

बुवाको चाहना त अन्तर्राष्ट्रियस्तरको खेलाडी वा छोरा प्रहरी वा सैनिक सेवामै जाओस् भन्ने थियो होला । उत्तमले भने सङ्घर्ष, जीवनका उतारचढाव, स्वाभिमान र व्यावसायिक आत्मनिर्भरताको बाटो रोजे ।

उनी विगततर्फ फर्किन्छन् – हजुरबुवा सानोतिनो निर्माण व्यवसायमा संलग्न हुनुहुन्थ्यो । कुलेखानी जलाधार क्षेत्रमा वृक्षारोपण, गाउँमा घर निर्माण तथा मर्मत गर्ने, साना ठेक्काहरू लिने जस्ता कामकै कारण सायद ममा व्यवसायप्रतिको तृष्णा बढ्यो कि !

सानैदेखि हजुरबुवाका गतिविधि नियाल्ने उनी ‘काम गरेर कमाउने’ संस्कारमा हुर्किए । त्यही सिके र त्यही आत्मसात् गर्ने कोसिस गरे । यही पृष्ठभूमिका कारण आज उनी व्यवसायमा छन् । यसलाई संयोगभन्दा लगनशीलता, परिश्रम र अठोटको प्रतिफलको मान्छन्, उनी ।

शिक्षा, सिर्जना र आत्मबल

उत्तमले २०५६ सालमा मार्खुस्थित श्री सरस्वती बालबोधनी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिए । उक्त वर्ष ४५ जना परीक्षार्थीमध्ये उनी एक्लै उत्तीर्ण भएका थिए । दोस्रो श्रेणीमा पास भए पनि त्यो सफलता साधारण थिएन । किनकि, आर्थिक अभाव, शैक्षिक स्रोतको कमी र गाउँको सीमित वातावरणबीच त्यो उपलब्धि हासिल भएको थियो । अर्कोतर्फ, त्यति धेरै विद्यार्थीमा आफू एक्लो पास हुनुले उनी चकित परे । यो उनी, परिवार र गाउँकै लागि चमत्कारजस्तै भयो ।

नाटक लेख्ने, गीत गाउने, नाच्ने, देउसी–भैलो खेल्ने जस्ता गतिविधिमा उनको रुचि थियो । यी गतिविधिले उनलाई अभिव्यक्तिशील, आत्मविश्वासी र सामाजिक बनायो । यो पक्ष व्यवसायतर्फ अग्रसर हुने बलियो आत्मबल पनि भइदियो ।

उत्तम भन्छन् – बाल्यकालदेखि नै पढाइ वा अन्य काममा गहिरो रूपमा पैसाको अभाव महसुस भयो । पढाइ मात्रै होइन, जीवन अगाडि बढाउन पैसा कति महत्त्वपूर्ण रहेछ भन्ने त्यही बेला बुझियो ।

सम्भवतः त्यही अनुभूतिले उनलाई शैक्षिक योग्यतामा मात्र सीमित नराखी व्यावहारिक जीवनतर्फ सोच्न बाध्य बनायो । जीवनको अनुभवले खारिएका धेरैको भनाइ हुन्छ – पैसा साधन हो, साध्य होइन । सबै ठाउँमा यो उक्ति सान्दर्भिक पनि नहुन सक्छ । उत्तमको हकमा ‘पैसा’ साधन र साध्य दुवै पो थियो कि !

एसएलसी पास भएपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ आए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसबाट एमबिएस गरेका उनले भारतको सनराइज विश्वविद्यालयबाट पनि एमबिए गरेका छन् ।

औपचारिक शिक्षासँगै उनी सिर्जनात्मक क्षेत्रमा समेत उतिकै सक्रिय थिए — नाटक लेख्ने, गीत गाउने, नाच्ने, देउसी–भैलो खेल्ने जस्ता गतिविधिमा उनको रुचि थियो । यी गतिविधिले उनलाई अभिव्यक्तिशील, आत्मविश्वासी र सामाजिक बनायो । यो पक्ष व्यवसायतर्फ अग्रसर हुने बलियो आत्मबल पनि भइदियो ।

जागिर र व्यवसाय

उत्तमले सामान्य जागिरबाट आफ्नो पेशागत यात्रा सुरु गरे । उनको पहिलो जागिर कान्तिपुर पब्लिकेसनबाट सुरु भएको थियो । त्यहाँ उनले व्यापार विभागमा काम गरे । त्यसपछि प्रिज्मा एडभर्टाइजिङमा प्रवेश गरे । त्यहाँबाट उनले मिडिया, विज्ञापन र बजारको व्यवहार नजिकबाट बुझ्ने मौका पाए । विशेषतः कान्तिपुरको क्षेत्रीय प्रतिनिधिका रूपमा काम गर्दा उनले देशका विभिन्न भूगोल, आर्थिक गतिविधि र सम्भावना नजिकबाट नियालेका थिए ।

सम्भवतः व्यवसायको फराकिलो सपना उनले त्यतिबेलै देखेका थिए ।

सामान्य जागिरबाट भए पनि उनले सानो–सानो रकम बचत गर्दै आएका थिए । जब उत्तमले बचत २ लाख रुपैयाँ पु¥याए, तब यो रकम कतै लगानी गर्ने सोच बनाए । त्यो घरजग्गा कारोबार खुब फस्टाएको बेला थियो । उनी पनि उत्साहित भए र आम्दानी बचत जग्गामा खन्याए । केही समयपछि उनले आफूले थोरै मूल्यमा किने जग्गा झण्डै ९० लाख रुपैयाँ बिक्री गरे ।

उत्तमको जीवनमा व्यक्तिगत पीडाले पनि ठूलो भूमिका खेलेको छ । बुवाको गम्भीर बिरामीका कारण भएको ठूलो खर्चले जीवनमा पैसाको महत्त्व झन् टड्कारो बनाइदियो । यसैले उनले सेयर बजार, आईपीओ र लगानीका विविध माध्यमतर्फ ध्यान दिए ।

यो आर्थिक फाइदा थिएन, जीवनको एउटा ‘टर्निङ पोइन्ट’ नै बनिदियो । त्यसले उनलाई लगानी, जोखिम र अवसरको गहिरो महत्त्व बुझायो ।

शालीन भावमा उत्तम अभिव्यक्त गर्छन् – मैले जोखिमको पहाड र अवसरको फैलावट त्यतिबेलै महसुस गरेको हुँ । आजको मेरो अवस्था, त्यही धरातममा निर्माण भएको उचाइ हो ।

ऊर्जा क्षेत्रमा आउनुअघि उनले पर्यटन व्यवसायमा पनि हात हाले । कास्कीको घान्द्रुकमा होटल सञ्चालन गर्दै केही वर्ष पर्यटन क्षेत्रमा संलग्न रहे । पर्यटकको व्यवहार, स्थानीय अर्थतन्त्र र सेवा क्षेत्रमा लगानीको प्रकृति बुझ्न यो अनुभव महत्त्वपूर्ण रह्यो । पछि उनले एनएमबी माइक्रो फाइनान्सबाट औपचारिक व्यावसायिक यात्रा थाले । वित्तीय अनुशासन, ऋण व्यवस्थापन, लगानीको संरचना र संस्थागत प्रणाली बुझ्न माइक्रो फाइनान्स क्षेत्रले उनलाई परिपक्व बनायो । त्यहाँ उनले ७ वर्ष अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए ।

उत्तमको जीवनमा व्यक्तिगत पीडाले पनि ठूलो भूमिका खेलेको छ । बुवाको गम्भीर बिरामीका कारण भएको ठूलो खर्चले जीवनमा पैसाको महत्त्व झन् टड्कारो बनाइदियो । यसैले उनले सेयर बजार, आईपीओ र लगानीका विविध माध्यमतर्फ ध्यान दिए ।

१४ वर्षअघि काकाको निधनपछि कम्पनी र ऋणको ठूलो जिम्मेवारी उनीमाथि आयो । आज पनि त्यो कम्पनी ‘ए’ क्लासको रूपमा सञ्चालनमा छ, जसको वार्षिक कारोबार करिब २०० करोड रुपैयाँ छ । कृषि क्षेत्रमा समेत उनको समूह सक्रिय छ । अलैंची उत्पादनमा उनीहरू अग्रणी उत्पादक मानिन्छन् ।

पाइला ऊर्जा विकासमा

उत्तमको ऊर्जा क्षेत्रमा प्रवेश क्लिन इनर्जी हाइड्रो फन्डमार्फत भयो । यो त्यही संस्था हो, जुन विशुद्ध जलविद्युत् क्षेत्रमा लगानी गर्ने गरी स्थापना गरिएको थियो । प्रारम्भमा उनी डिपोजिटर अर्थात् निक्षेपकर्ताको रूपमा प्रवेश गरे । सर्वसाधारणबाट निक्षेप तान्न फन्डले कबोल गरेको थियो – निक्षेप राख्नुस्, ५ वर्षमा दोब्बर लैजानुस् । उनी पनि यो जादुयी अवसर छोप्नबाट पछि हटेनन् । आफूसँग सञ्चित बचत सबै निक्षेप खातामा राखिदिए ।

‘हाइड्रो फन्ड’को दुर्भाग्य भनौँ वा उत्तमको भाग्य खुलेको । उसले निक्षेपमा कबोल गरे अनुसार ५ वर्षमा दोब्बर रकम दिन सकेन । यसपछि उत्तम त्यही संस्थाको सेयरधनी बनेर प्रवेश गरे । यही घटनालाई उनी ऊर्जा क्षेत्रमा प्रवेशको वास्तविक विन्दु मान्छन् ।

विस्तारै उनी सामाजिक सुरक्षाका क्षेत्रमा पनि सक्रिय हुँदै गए । औपचारिकरूपमा सञ्चालकको भूमिकामा प्रवेश गरेपछि उनले ऊर्जा परियोजनाको संरचना, जोखिम, वित्तीय व्यवस्थापन र निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाए ।

उत्तमको ऊर्जा यात्रामा ४.४ मेगावाटको राधी जलविद्युत् आयोजना महत्त्वपूर्ण मोड सावित भयो । यो आयोजना निर्माणमा उनको भूमिका केवल लगानीकर्ताको थिएन, रणनीतिक सोच र संस्थागत व्यवस्थापनको समेत रह्यो । यही आयोजनाबाट उनले ‘जलविद्युत् केवल बिजुली उत्पादन होइन, दीर्घकालीन व्यवस्थापन र धैर्यको खेल हो’ भन्ने बुझे ।

राधीपछि उनले युनिभर्सल पावर कम्पनी स्थापनामा भूमिका निर्वाह गरे । यस कम्पनीमार्फत दोर्दी र रुकुमगाड जस्ता आयोजना विकास भए । ३० मेगावाटको ङादी निर्माणमा पनि उनको सक्रिय रह्यो । हाल उनी ४५ मेगावाटको कसुवा खोला निर्माणमा सक्रियताका साथ लागेका छन् । सुरुमा ४५ मेगावाटको यो आयोजना क्षमता विस्तार गरी ९५ मेगावाट हुँदैछ । साथै, संखुवासभाको छुजुङ खोला (९७ मेगावाट) को निर्माण पनि सँगसँगै अगाडि बढिरहेको छ ।

सानै उमेरमा जलविद्युत् विकासमा होमिएको छोटो अवधिमा उनले बुझेका छन् – देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने अब अर्को क्षेत्र छैन । वैदेशिक रोजगारीले धनिएको अर्थतन्त्रमा यो क्षेत्रले बलियो इँटा थप्न सक्नेमा उनी विश्वस्त छन् ।

ऊर्जा क्षेत्रमा उत्तमको व्यावसायिक यात्रा जलविद्युत्बाट भयो । हालसम्म उनको लगानी रहेका ७ आयोजना सञ्चालनमा छन् भने थप दुई ठूला आयोजना निर्माणाधीन । उनले नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासमा समेत लगानी विविधीकरण गरेका छन् । यो मिश्रित ऊर्जा विकासमा सरकारले चालेको कदम र पर्यावरणीय सन्तुलन कायम गर्ने आधार पनि हो । हालसम्म १७ सौर्य ऊर्जामा लगानी गरिसकेका छन्, जुन निर्माणाधीन छन् । 

ऊर्जाबाहेक उनले रियल स्टेट, अपार्टमेन्ट परियोजना, फाइभ स्टार होटल, र अत्याधुनिक एआई डेटा सेन्टरमा पनि लगानी गरिरहेका छन् । उनी ढुक्कसाथ भन्छन् – जोखिम फैलाएरमात्र दीर्घकालीन स्थायित्व सम्भव हुन्छ ।

सानै उमेरमा जलविद्युत् विकासमा होमिएको छोटो अवधिमा उनले बुझेका छन् – देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने अब अर्को क्षेत्र छैन । वैदेशिक रोजगारीले धनिएको अर्थतन्त्रमा यो क्षेत्रले बलियो इँटा थप्न सक्नेमा उनी विश्वस्त छन् । रोजगारी सिर्जनाका क्षेत्रमा समेत ऊर्जा विकासले विशेष भूमिका खेल्ने उनको निचोड रहेको छ ।

नीति र नेतृत्व

उत्तम कृष्णप्रसाद आचार्य अध्यक्ष रहेको समयमा साधारण सदस्यबाट इपानमा प्रवेश गरे । हाल उनी दोस्रो कार्यकालमै उपाध्यक्षजस्तो गरिमामय पदमा पुगे । उनको वाककला र नेतृत्व क्षमता देखेरै नेपाल उद्योग परिसंघ (सिएनआई) ले ‘इनर्जी काउन्सिल सदस्य’को जिम्मेवारी दिएको छ । नेपाल चेम्बर अफ कमर्श तथा नेपाल–भारत चेम्बर अफ कमर्शमा पनि उनी सक्रिय सदस्यको भूमिकामा छन् ।

नीतिगत तहमा निजी क्षेत्रको आवाज मजबुत बनाउन, ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न र दीर्घकालीन ऊर्जा सुरक्षाका विषयमा उनी निरन्तर बोल्दै आएका छन् ।

उत्तमले आफ्नो सफलताको श्रेय कहिल्यै एक्लै लिएका छैनन् । भनिरहेका हुन्छन् – यो कार्यगत एकता, सामूहिक लगानी र सामूहिक दृष्टिकोणको उपलब्धि हो । यो नै आज उनको व्यावसायिक एवम् नेतृत्व दर्शन बनेको छ ।

मध्यम वर्गीय गाउँको परिवेशबाट सुरु भएको उत्तमको यात्रा आज नेपालको ऊर्जा उद्यमशीलताको महत्त्वपूर्ण अध्याय बनेको छ – जहाँ सङ्घर्ष, जोखिम र साझा प्रयासले सम्भावनालाई यथार्थमा रूपान्तरण गरेको छ । अब उनका पाइला निजी क्षेत्रलाई सही दिशानिर्देश गर्ने दीर्घकालीन दृष्टिसहितको नेतृत्वतर्फ अघि बढिरहको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३