विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दैलेखमा पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारको अन्वेषणका लागि जमिनमुनि ड्रिलिङ (प्वाल पार्ने काम) गरिरहेको चिनियाँ प्राविधिकहरूको टोलीले प्राकृतिक ग्यासको रहेकाे आधारहरू फेला पारेकाे छ । जमिनमुनि करिब ४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यका साथ काम गरिरहेको टोलीले करिब ३ हजार १ सय मिटर ड्रिलिङ गरेपछि त्यहाँ ठूलो परिमाणमा प्राकृतिक (मिथेन, इथेनसहितका) ग्यासका नमुना पाइएको हो । पेट्रोलियम पदार्थ भने हालसम्म भेटिइनसकेको खानी तथा भूगर्भ विभागकी उप–महानिर्देशक मोनिका झाले ऊर्जा खबरसँग बताइन् । 

‘जम्मा ४ हजार मिटर ड्रिलिङ गर्नुपर्नेमा ३ हजार १ सय मिटर ड्रिलिङसक्दा त्यहाँ प्राकृतिक ग्यास रहेको तथ्यहरू फेला परेका छन्, तर के कति परिमाणमा छ, त्यसकाे लेयर कहाँ छ भन्ने विषयहरू अध्यनकै क्रममा छन्,’ उनले भनिन् ।

पेट्रोलियम पदार्थ पनि मौजुद छ भने करिब ३ हजार ५ सय मिटर तलसम्म ड्रिलिङ गर्दा भेटिसक्नुपर्ने अन्वेषणमा संलग्न चिनियाँ विज्ञ तथा प्राविधिक टोलीले बताएकाे उनको भनाइ छ । त्यसाे हुँदा पेट्रोलियम पदार्थकाे अवस्थितिबारे थाहा पाउन अझै केही महिना लाग्ने उनले बताइन् ।

‘साधन–स्रोत, प्रविधि र प्राविधिकले सम्मन चीन जस्तो देश भएको भए हाल नेपालका विभिनन् ठाउँमा पाइएका प्राकृतिक ग्यासलाई उपयोगमा ल्याइसक्थ्यो होला तर हामीकहाँ त्यस्तो अवस्था छैन,’ उनले भनिन्, ‘दैलेखमा ठूलाे परिमाणमा प्राकृतिक ग्यास उपलब्ध भयाे भने पनि त्यसकाे खपत गर्न सकिने उद्योग कलकारखाना समेत त्यस ठाउँमा छैन ।’

ड्रिलिङ सक्न अझै २ महिना लाग्ने

२०७२ साल चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार २०७५ साल माघमा चीनलाई नेपालका ३ क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । नेपालको खानी तथा भूगर्भ विभाग र चीनको जिओलोजिकल सर्भे कम्पनीबीच चीन सरकारको २ अर्ब ४० करोड रूपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता २०७५ सालमा भएको थियो । उक्त सम्झौता कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए ।

त्यसै अनुसार दैलेखको भैरवी गाउँपालिका–१ भीरखेतमा २०७६ सालदेखि पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको थियो । कार्ययोजना अनुसार पहिलो चरणमा १० महिनाभित्र चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दास्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने योजना थियो । हाल दोस्रो चरणको काम चलिरहेको हो । 

२०८१ जेठबाट ४ महिनाभित्र सक्ने गरी ड्रिलिङ्गको काम शुरु गरिएको थियो । तर ६ महिना बित्न लाग्दा समेत ड्रिलिङको काम करिब ७८ प्रतिशत मात्र सकिएको उपमहानिर्देशक झाले बताइन् । 

‘ड्रिलिङ गर्दै जाँदा जमिनमुनि कडा चट्टान भेटियो, त्यसलाई काट्न सक्ने मेसिन ल्याउन नेपाल सरकारबाट चिनियाँ टोलीले स्वीकृति लिनुपर्ने भयो,’ उनले भनिन्, ‘यिनै अवरोध र प्रक्रियाका कारण आयोजनाको काम केही ढिलो भएको हो ।’

अबको दुई महिनाभित्र ड्रिलिङको काम सकेर टोलीले प्रतिवेदन बनाउने र त्यो प्रतिवेदन नेपाल सरकारलाई बुझाउने योजना रहेको उनले बताइन् । हाल ड्रिलिङ गरिरहेको ठाउँमा पेट्रोलियम नभेटिएको अवस्थामा पाल्पासहितका अन्य २ ठाउँमा पनि ड्रिलिङ गरेर अन्वेषण गर्न दिने सहमति यसअघि नै भएको पनि उनको भनाइ छ । 

खानी विभागकाे पेट्राेलियम अन्वेषण परियाेजना अन्तर्गत चीनले 'चाइना एड अन ओइल एन्ड ग्यास रिसाेर्सेस सर्भे' नाममा याे अन्वेषण कार्य अघि बढाइरहेकाे छ । सर्भेकाे अवधि लम्बिएकाे वा थप उपकरण ल्याउनु परेकाे अवस्थामा बढ्ने लागत पनि चीन सरकारले नै परियाेजना अनुदान अन्तर्गत व्यहाेर्ने भएकाेले यसबाट नेपाललाई थप आर्थिक भार भने थपिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३