विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ साउन ३०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा दोभानस्थित बागमती नदीमा सञ्चालित २२ मेगावाटको मान्डु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । गत वर्ष असोज ११ र १२ गतेको भीषण बाढीले विद्युत्‌गृह सहितका संरचना बगाएको झण्डै ११ महिनापछि केन्द्रले उत्पादन सुरु भएको हो ।

बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका वित्त निर्देशक सबल प्रधानले ऊर्जा खबरसँग बताए । ‘आयोजनाबाट हाल ११ मेगावाट मात्र उत्पादन भइरहेको छ,’ उनले भने, ‘अर्को साताबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने छ ।’ 

२०७५ सालमा कूल ४ अर्ब १ करोड ९४ लाख रुपैयाँको लगानीमा निर्माण पूरा भई केन्द्रले विद्युत् उत्पादन गर्दै आएको थियो । गत वर्षको बाढीले विद्युत् गृह, पेनस्टक पाइप, हेडरेस पाइप, बाँधसहितका संरचनामा क्षति पुगेको थियो । बाढीले १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति पुर्‍याएपछि केन्द्रलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन कम्पनीलाई निकै ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

१० मेगावाटको छुट्टै युनिट सञ्चालनमा ल्याउने 

कुल ३२ मेगावाटकाे क्षमतामा विकास गर्ने लक्ष्य राखिएको आयोजनाले आउँदो म‍ंसिरभित्र थप १० मेगावाट सञ्चालनमा ल्याउने भएको छ । हालको विद्युत्‌गृहकै छेउमा अर्को विद्युत्‌गृह निर्माण गरी १० मेगावाटको छुट्टै उत्पादन युनिट सञ्चालनमा ल्याउने भएको छ ।

त्यसका लागि विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पाइसकेको जनाएको छ । विद्युत् खरिद–बिक्री (पिपिए) पनि भइसकेको छ र सिभिल संरचना निर्माणको काम धमाधम भइरहेको प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३