विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाटका १३ जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी ऊर्जा प्रवर्द्धकले पहिचान गरी अघि बढाएको उक्त क्षमताका आयोजनाहरू निर्माणाधीन र निर्माणको तयारीमा छन् ।

विद्युत जोडिने प्रसारण लाइनको समस्याका कारण सुस्त गतिमा अघि बढेका आयोजनाहरूले अहिले तिव्रता पाएका छन् । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सबस्टेसन बनाउन थालेपछि यी आयोजनाको कामले तीब्रता पाएका हुन् ।

प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको सबस्टेसन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । सन् २०२४ भित्र डाँडाखेत सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।

प्राधिकरणले सबस्टेसन र प्रसारण लाइनको काम अन्तिम चरणमा पुर्याएसँगै त्यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ । हाइड्रो इम्पायर प्रालीले धवलागिरि–४ मा ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । यसकाे पनि पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम भइरहेकाे छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट ३ आयोजनाले निर्माण अनुमति पाएका छन् ।

५३ मेगावाटको अपर म्याग्दी–१, १४.७० मेगावाटको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणले अनुमति लिएका छन् । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा २३.७० मेगावाटको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४.७० मेगावाटको मुदिखोला, सुसमित हाइड्रो पावर लिमिटेडले धवलागिरिमा २० मेगावाटको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएको छ ।

विभागले ६.५ मेगावाटको दरखोला, ३.४५ मेगावाटको सिम्कोस, १२.७३ मेगावाटको अपर मुदी, ९.५ मेगावाटको म्याग्दीखोला ‘बि’ र ४.६ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit