विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । समिट पावर कम्पनीले १८८ मेगावाटको सुर्के-दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्ला भएर बग्ने नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरेको छ । आयोजनाको संरचनाहरू जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा १ र २, माप्य दूधकोसी गाउँपालिकाको वडा नम्बर १, २ र ७ र सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर १ मा निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको इन्टेक क्षेत्र, कनेक्टिङ टनेल, ग्राभेल ट्रयाप, भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ, सर्ज साफ्ट, भर्टिकल साफ्ट, भूमिगत विद्युतगृह, टेलरेस टनेल लगायतका सम्पूर्ण संरचना दूधकोसी नदीको बायाँ किनारमा प्रस्ताव गरिएको छ ।

आयोजनाको लागि १०.९६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । ७ वटा अडिट रहनेछन् । विद्युतगृह भूमिगत रहनेछ । आयोजना सम्पन्न गर्न ३१ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको सबै काम पूरा गरी उत्पादन सुरु गर्न ५ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

आयोजना पूरा भएपछि वार्षिक ११४०.०७५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ३४२.४८२ गिगावाट घन्टा र वर्षायाममा ७९७.५९२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  उत्पादन हुने विद्युत २२० केभी प्रसारण लाइन मार्फत ६५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit