विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा । बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको मैलुङ खोलामा ५ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले स्वदेशी लगानीमा अघि बढाएका यी जलविद्युत आयोजना निर्माणाधीन, निर्माणकाे तयारीमा र सम्पन्न भएका हुन् ।

अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनी लिमिटेड, सानिमा हाइड्रो पावर प्रालि, इनर्जी इन्जिनियरिङ कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड मार्फत अघि बढेका आयोजना निर्माणका विभिन्न चरणमा छन् । 

उक्त खाेलामा पहिचान भएका ५५ मेगावाट भन्दा बढी क्षमताका ५ आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । यी मध्ये ३३.७२ मेगावाटका ३ आयोजना निर्माणाधीन र १७ मेगावाटकाे अध्ययन पूरा गरी उत्पादन अनुमतिकाे पर्खाइमा र  ५ मेगावाटको एक आयोजना सञ्चालनमा छ । मैलुङ खोला जलविद्युत कम्पनीले निर्माण गरेकाे ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेकाे छ । केन्द्रले २०७१ सालदेखि निरन्तर बिजुली उत्पादन गरिरहेको छ । 

निर्माणाधीनमध्ये अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ र १३ मेगावाटको मध्य मैलुङ र इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ अघि बढाएकाे छन् । यस्तै, सानिमा हाइड्रो पावर प्रालिले १७ मेगावाटकाे माथिल्लाे मैलुङ बी काे अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएकाे छ ।

यसैगरी, १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत निर्माण पुरा भएको आयोजनाको सबै काम पुरा गरी आगामी एक महिना (बैशाख) भित्र उत्पादन परीक्षण सुरु गर्ने कम्पनीका महा-प्रबन्धक कांगडा प्रसाइले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत त्रिशूली–३ बी हब सबस्टेसनमा जोडिनेछ । आयोजना पुरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ८६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ । 

सोही कम्पनीले १३ मेगावाको मध्य मैलुङ (क्यासकेड) जलविद्युत आयोजनामा पनि निर्माण गरिरहेका छन् । कम्पनीले २०७३ माघ १८ गते विद्युत विकास विभागबाट अनुमति पत्र लिई निर्माण अघि बढाएको हो । उक्त आयोजनाबाट वार्षिक ७५.९८ गिगावाट घण्टा विद्युत उत्पान हुनेछ । उत्पादीत विद्युत करिब २.४ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन मार्फत माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा पुर्याइनेछ । त्यहाँबाट नुवाकोटमा निर्माणाधीन त्रिशूली–३ बी हब सबस्टेसनमा जोडिनेछ । 

यसैगरी, इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विस २०७० सालबाट निर्माण सुरु भएकाे आयाेजनाकाे काम अहिलेसम्म पनि पूरा भएकाे छैन । आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत त्रिशूली–३ बी हब सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विद्युतगृहदेखि सबस्टसनसममको  १९ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेकाे छ । याे आयोजना सम्पन्न गर्न १ अर्ब ९३ करोड ४५ लाख ३५ हजार रुपैयाँ लागत लागिसकेको छ । कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशतश स्वपुँजी लगानी छ । ऋण लगानी नेपाल बैंकको (अगुवाई), नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकले गरेका छन् ।

यस्तै, सानिमाकाे माथिल्लाे मैलुङले भने उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएकाे छ । अनुमति पाउने लगतै निर्माण सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit