विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । अध्ययन पूरा भएका जलविद्युत, सौर्य विद्युत तथा चिनी उद्योगबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र लिएका ८ हजार ४ सय २६ मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा पुगेका हुन् ।

जलविद्युततर्फ २ सय ४१ आयोजनालाई उत्पादन अनुमतिपत्र दिइएको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार यी आयोजनाबाट ८ हजार ३ सय १७ मेगावाट विद्युत उत्पादन हनेछ ।

अनुमतिपत्र जारी भएका मध्ये ३३ सय मेगावाट बढीका जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट वित्तीय स्रोत जुटाई आयोजना निर्माण भइरहेका हुन् । निर्माणाधीन आयोजनामध्ये अधिकांश अबको २ देखि ३ वर्षभित्र सम्पन्न हुँदैछन् ।

यस्तै, सौर्य ऊर्जाबाट १ सय मेगावाट विद्युत उत्पादन गर्न १६ कम्पनीलाई अनुमति पत्र दिइएको छ । चिनीको खोस्टा (बगास) बाट विद्युत उत्पादन गर्न ३ कम्पनीको नाममा अनुमतिपत्र जारी गरिएको छ । यी कम्पनीले ९ मेगावाट विद्युत उत्पादन गर्नेछन् ।

जलविद्युततर्फ १ मेगावाटभन्दा साना २५ आयोजनाले १९ मेगावाट विद्युत उत्पादन गर्न अनुमति पाएका छन् । १ मेगावाटदेखि ९९ मेगावाटसम्मका १ सय ९९ आयाजनाले अनुमति पाएको विभागले जनाएको छ । 

यी आयोजनाबाट ३ हजार ९ सय ११ मेगावाट विद्युत उत्पादन हुनेछ । यस्तै, सय मेगावाट भन्दा ठुलो १७ आयोजनाले उत्पादन अनुमति पाएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । यी आयोजनाबाट ४ हजार ३ सय ८६ मेगावाट विद्युत उत्पादन हुनेछ । जसमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै, १ सय ११ मेगावाटको रसुवागढी, ९ सय मेगावाटको अरुण–३, १ सय २ मेगावाटको मध्यभोटेकोसी, १ सय ४० मेगावाटको तनहुँ, २ सय १६ मेगावाटको अपर त्रिशुली–१ निर्माणको विभिन्न चरणमा छन् । १ सय ६० मेगावाटको लुम्चे खोला, १ सय २० मेगावाटको रसुवा भोटेकोसी, २ सय ८५ मेगावाटको माथिल्लो तमोर आयोजना विभागबाट अनुमतिपत्र लिई उत्पादन अनुमति लिई अघि बढाएका छन् ।

४ सय ४० मेगावाटको तिला–१, ४ सय २० मेगावाटको तिला–२, १ सय ४० मेगावाटको लोअर मनाङ मर्स्याङदी, २ सय ८२ मेगावाटको मनाङ मर्स्याङदी, १ सय ३८ मेगावाटको अप्पर मर्स्याङदी–१, १ सय ६४ मेगावाटको कालीगडकी गर्ज, १ सय २ मेगावाटको अप्पर त्रिशुली–२, १ सय २८ मेगावाटको तमोर मेवाले उत्पादन अनुमति पाएका छन् ।

यस्तै, सौर्य ऊर्जाबाट विद्युत उत्पादन अनुमति पाएका मध्ये १० मेगावाटका ३ आयोजना छन् । बाँकी १३ आयोजना १० मेगावाट भन्दा साना छन् ।
चिनी उद्योगबाट विद्युत उत्पादन गर्न रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज, इन्दु शंकर चिनी उद्योग र एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजले अनुमति पाएको विभागले जनाएको छ ।

यी कम्पनीले ३/३ मेगावाट विद्युत उत्पादन गर्न अनुमतिपत्र लिएका हुन् । जसमा एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले ३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit