विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएकाे छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएकाे हेर्न लागिएकाे हाे ।

अहिले आयोजनामा जडान भएका उपकरणहरूकाे परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेकाे प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए । उनका अनुसार पानी भरेर संरचनाकाे अवस्था ठिक भए नभएकाे हेर्न करिब २ साताकाे समय लाग्नेछ ।

‘उपकरणहरूकाे आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए/नभएको हेर्छौ,’ उनले ऊर्जा खबरसँग भने, ‘संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ ।’ उनले सबै चरणकाे परीक्षण पूरा गरे विद्युत उत्पादन सुरु गर्न बढीमा १ महिना लाग्ने पनि उनले बताए ।

आयोजनाकाे सबै संरचना निर्माणकाे काम पूरा भइसकेकाे छ । आयोजनाको विद्युत दशैअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोकाे अवरोधले उत्पादन लम्बिएको हाे ।  

यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको समयमा  लगाइएको निशेधाज्ञाका कारण निर्माण सामाग्री तथा उपकरण ढुवानीमा भएको समस्या एवं केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा तालिका असोजमा सारिएको थियो ।

आयोजनाको विद्युतगृहमा १२ मेगावाटका ३ वटा उत्पादन युनिट रहने छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर टाढाको लामोसाँघु सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको छ ।

यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit