विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा करिब ७ हजार मेगावाटका आयोजनाको अध्ययन भइरहेको छ । प्रदेशको १० जिल्लामा पहिचान भएका आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन अध्ययन भइरहेको हाे ।

विद्युत विकास विभागका अनुसार विभिन्न जिल्लामा पहिचान भएका ६७८२ मेगावाटका आयोजनाको अध्ययन भइरहेको छ । कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख र जाजरकोटमा आयोजनाको पहिचान गरी अध्ययन अनुमति लिई अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशमा पहिचान भई अघि बढेको आयोजनामध्ये १०० मेगावाटदेखि ५ सय मेगावाट क्षमताका सम्मका ३८०१ मेगावाटका आयोजनाको अध्ययन भइरहेको विभागले जनाएको छ । यस्तै, ५ मेगावाट क्षमताभन्दा बढी क्षमताका १९०२ मेगावाटको आयोजनाको अध्ययन भइरहेको छ ।

२५ मेगावाटदेखि १०० मेगावाट क्षमतासम्मका २७९ मेगावाटका आयोजना, ५ देखि २५ मेगावाट क्षमतासम्मका ३२ मेगावाटका आयोजना र ५ मेगावाटभन्दा कम क्षमताका २४ मेगावाटको आयोजनाको अध्ययन भइरहेको विभागले जनाएको छ ।

९०० मेगावाटका माथिल्लो कर्णाली विद्युत आयोजनादेखि ०.५ मेगावाट क्षमतासम्मका आयोजनाको अध्ययन भइरहेको छ । ३०० मेगावाटको भेरी–४, ४१७ मेगावाटको नलस्याउ गाड, २५६ मेगावाटको भेरी–२, २७० मेगावाटको भेरी–१, १९०२ मेगावाटको मुगु कर्णाली, ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली, १५२ मेगावाटको सुपर हुम्ला लगायतका आयोजनाको अध्ययन भइरहेको छ ।

विभागका अनुसार यो प्रदेशमा अध्ययन पूरा भएको ९०६ मेगावाटका आयोजनाले अध्ययन पूरा गरी उत्पादन अनुमति लिई आयोजना अघि बढाएका छन् । १०० मेगावाट क्षमतादेखि ५०० मेगावाटसम्मका ८६० मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका २८ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १८ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit