विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा जलविद्युत् आयोजना (केन्द्र) सञ्चालन तथा निर्माण गरिरहेका ४० वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् ।

ती कम्पनीहरू शेयर निष्काशनको आवश्यक प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएर स्वीकृतिको पर्खाइ (पाइपलाइन) मा रहेका छन् । स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूमा २०८० मंसिर १९ देखि २०८१ मंसिर १४ गतेसम्म आवेदन दिएका छन् । सम्बन्धित कम्पनीहरूले १६ अर्ब रुपैयाँभन्दा बढीको शेयर निष्काशन गर्नका पालो कुरेर बसेका छन् ।

सेबानका अनुसार ४० कम्पनीहरूले १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार ४ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरका १६ करोड ३६ लाख ५ हजार ४ सय ६४ कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछन् ।

आईपिओ निष्कासन गर्ने कम्पनीहरू मध्ये सबैभन्दा बढी सिउरी न्यादी पावर लिमिटेडले ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको ४०.२७ मेगावाटको सुपर न्यादी हाइड्रोपावर प्रोजेक्ट निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै, कालिन्चोक हाइड्रोपावर लिमिटेडले सबैभन्दा थोरै ७ करोड ५० लाख रुपैयाँको १०० अंकित दरका ७ लाख ५० हजार कित्ता शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले दोलखाको बिगू र कालिन्चोक गाँउपालिकामा ५ मेगावाटको साङगु (सोरून) खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरेको छ । 

सेबोन अध्यक्षविहीन भएपछि झण्डै एक वर्षदेखि आईओ निष्काशनको स्वीकृति रोकिँदा आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीहरूको सूची लामो भएको हो । शेयर निष्काशनको अनुमति नपाउँदा जलविद्युत् कम्पनीहरूले पुँजी लगानी वृद्धि गरी जलविद्युत् परियोजना विकासमा लगाउन नपाएको भन्दै निजी क्षेत्र तथा यसको छाता संस्था इपानका पदाधिकरीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

शेयर निष्काशन गर्ने कम्पनीहरूले देशका विभिन्न क्षेत्रमा ६८४.४१ मेगावाट बराबरका आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् भने कतिपय आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । राजनीतिक खिचातानीकै बीच झण्डै एक वर्षपछि सेबोन अध्यक्ष नियुक्त गर्न गत साता मात्रै सरकार सफल भएको थियो । अब भने सूचीमा रहेका कम्पनीहरूले प्राथमिक शेयर निष्काशनका लागि स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

आईपीओ निष्काशनकर्ता कम्पनीको नाम, शेयर तथा प्रवर्द्धित आयोजनाहरूको सूची  

क्र.सं.   कम्पनी आयोजना क्षमता  शेयर
(कित्ता, लाख)
 निष्काशन रकम
(रु. करोड)
सानिमा हाइड्रोपावर लिमिटेड सुनकोशी स्मल  २.६ १४.७० १४.७०
हिम स्टार ऊर्जा कम्पनी लिमिटेड बुकु कपटी ११.१९   ११.१९
दरम खोला हाइड्रो इनर्जी लिमिटेड  दरम खोला ९.६ ३९.५० ३९.५०
भुजुङ हाइड्रोपावर लिमिटेड अपर मिदिम खोला  ७.५ १४.५५ १४.५५
सान्भी इनर्जी लिमिटेड

जोगमाई खोला

जोगमाई क्यास्केड

७.६

५.२

३७.९० ३७.९०
रिचेत जलविद्युत् कम्पनी लिमिटेड रिचेत खोला ११.७६४५०  ११.७६,४५
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड अपर सोलु खोला १८.२३६ २०.८० २०.८०
यम्बलिङ हाइड्रोपावर लिमिटेड यम्बलिङ खोला ७.२७ २८ २८
मबिलुङ इनर्जी लिमिटेड  पर पिलुवा खोला–३ ४.९५ १८.९०५३०

१८.९०५३

१० सोलु हाइड्रोपावर लिमिटेड लोवर सोलु ८२ २००  २००
११ टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड पिलुवा खोला ४२.३०६६८० ४२.३०६६८
१२ विकास हाइड्रोपावर कम्पनी लिमिटेड अपर माछाखोला स्मल ४.५५ ४४.५४५९६०  ४४.५४५९६
१३ रिज लाइन इनर्जी लिमिटेड  सुपर चेपे खोला ९.०५ ५८.०४२०१  ५८.०४२०१
१४ लाफिङ बुद्ध पावर नेपाल लिमिटेड  चाकु खोला ६५.७७ ६५.७७
१५ कालिन्चोक हाइड्रोपावर लिमिटेड सोरुन खोला ७.५० ७.५०
१६ हिम रिभर पावर लिमिटेड लिपिङ्ग खोला १६.२६  १३.३०  १३.३० 
१७ लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड लोअर इर्खुवा खोला १४.१५ २८.०५७५ २८.०५७५
१८ बुंगल हाइड्रो लिमिटेड    अपर सानीगाड अपर सानीगाड १०.७०  २९.०५ २९.०५
१९ कालंगा हाइड्रो लिमिटेड  कालङ्गा गाड १५.३३  ४९ ४९
२० सानीगाड हाइड्रो लिमिटेड अपर कालङ्गा गाड ३८.४६  ८५.५० ८५.५०
२१ एपेक्स मकालु हाइड्रोपावर लिमिटेड मिड होङगु खोला ‘ए’ २२  २४ २४
२२ एपोलो हाइड्रोपावर लिमिटेड   बुकु खोला  १४.१० १४.१०
२३ गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड   मिडिल होङगु खोला–बी २२.९ २४ २४
२४ शिखर पावर डेभलपमेन्ट लिमिटेड  भीम खोला स्मल ४.९६ २१.६ २१.६०
२५ सिउरी न्यादी पावर लिमिटेड सुपर न्यादी ४०.२७   ३०३.६०७८४ ३,०३.६०७८४
२६ सुपर खुदी हाइड्रोपावर लिमिटेड  अपर खुदी १९.५  ७५.९५ ७५.९५
२७ माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड दूधकुण्ड खोला १२  २५.८० २५.८०
२८ युनिक हाइडेल कम्पनी लिमिटेड  बराम्ची ४.२   २२ २२
२९ आशुतोष इनर्जी लिमिटेड चेपे खोला स्मल ८.६३  १२ १२
३० हिलटन हाइड्रो इनर्जी लिमिटेड  सुपर काबेली १२   १३.७५ १३.७५
३१ स्नो रिभर्स लिमिटेड  सुपर काबेली खोला ‘ए’ १३.५  १६.२५  १६.२५
३२ झापा इनर्जी लिमिटेड सोलार पावर प्रोजेक्ट १०  ९.५०४७५   ९.५०४७५
३३ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड अपर टादी खोला ११  १३.७९३५ १३.७९३५
३४ पुवा खोला–वान हाइड्रोपावर लिमिटेड पुवा खोला  ६.२   १९.४६६६  १९.४६६६
३५ मादमे खोला हाइड्रोपावर लिमिटेड  मादमे खोला २४   ३२.५०  ३२.५०
३६ नीलगिरि खोला हाइड्रोपावर कम्पनी लिमिटेड नीलगिरि खोला ‘वान’
नीलगिरि खोला ‘टु’
३८
७१  
४३.२० ४३.२०
३७ पिपुल्स इनर्जी लिमिटेड  खिम्ती–२ ४८.८  ६६   ६६
३८ चम्पावती हाइड्रोपावर लिमिटेड चेपे खोला ‘ए’ ७  १६ १६
३९ हिम–पर्वत हाइड्रोपावर लिमिटेड सागु खोला २०  ५९.१५     ५९.१५
४० सेन्चुरी इनर्जी लिमिटेड हाँडी खोला सुनकोशी ‘ए’
चेपे खोला ‘ए'
९९७ (कि.वा.)
जम्मा        ६८४.४१३  १६३६.०५४६४    १६,४१,३०,७९,४००

स्राेत : नेपाल धितोपत्र बोर्ड

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३