विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको सान्जेन जलविद्युत कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले आयोजनाको अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावितका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले स्थानीयका लागि भदौ ५ गतेदेखि असोज ३० गतेसम्म ३६ लाख ५०हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नम्बर ५ (साविक चिलिमे गा.वि.स) वर्गमा १० कित्तादेखि ५१० कित्ता माग गर्ने १३४२ जना र ५२० कित्तादेखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरूलाई ५१० कित्ताका दरले ९ लाख ४९ हजार २ सय ८० कित्ता सेयर बाँडफाँड गरेको छ ।

यस्तै, प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १२६६ जना रितपूर्वक आवेदन दिएका थिए । १० कित्तादेखि ३०० कित्तासम्म माग गर्ने ५१८ जना र ३१० कित्तादेखि ४५० कित्तासम्म माग गर्ने २३३ जना र ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकहरूलाई ३४८ कित्ताका दरले र ४६० कित्तादेखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकहरूलाई ३६० कित्ताका दरले ३ लाख ७४ हजार ९ सय २३ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरू १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३५८८ जना रितपूर्वक आवेदन दिएका थिए । यी मध्ये १० कित्तादेखि १५० कित्ता माग गर्ने २४८३ जनालाई माग बमोजिम र १६० कित्तादेखि २०० कित्तासम्म माग गर्ने ४१३ जनालाई १५० कित्ता, १६० कित्तादेखी ३०० कित्तासम्म माग गर्ने ४१९ जनालाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्तासम्म माग गर्ने १०० जना आवेदकहरूलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्तासम्म माग गर्ने १७३ जना आवेदकहरूलाई १८० कित्ताका दरले जम्मा ४ लाख ६ हजार ९ सय ५५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१३३१ जनाले आवेदन दिएका थिए । यी मध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११४८९ जना र ११० कित्तादेखि २०० कित्ता सम्म माग गर्ने ५६६६ जनालाई १०० कित्ता र २१० कित्तादेखी ३०० कित्तासम्म माग गर्ने २२०७ जना आवेदकहरूलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्तासम्म माग गर्ने १२३६ जना आवेदकहरूलाई १२० कित्ताका दरले १९ लाख १८ हजार ७ सय ९ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बाँकी रहेको १३१ कित्ता सेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहलाई गोलाप्रथाबाट थप १÷१ का दरले १३१ कित्ता सेयर बाँडफाँड गरिएको छ । अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावित स्थानिय बासिन्दाहरूलाई क्रमश ४.२५ : ३ : १.५ : १ को अनुपातमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit