विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले पहिलो चरणको सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्येमा ५ लाख ६१ हजार ३ सय कित्ता सेयर अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गाविस हालको सोलुदुधकुण्ठ नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७ र ११) को बासिन्दाहरूको लागि र १ लाख ८७ हजार १ सय कित्ता सेयर सोलुखुम्बु जिल्लाको स्थानीय बासिहरूको लागि निष्कासन गरिएकाे छ ।  

यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सर्वसाधारणका लागि निष्कासन हुने सेयरको १० प्रतिशत अर्थात ७४ हजार ८ सय ४० कित्ता सेयर निष्कासन गरिएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रभावित स्थानीय र वैदेशिक रोजागारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा साउन २८ गतेसम्म र ढिलोमा भदौ ११ गतेसम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले साउन २८ गतेसम्म मात्रा आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit