विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जा लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत ६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि सय रुपैयाँमा अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । निष्कासन भएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ताका  लागि  सर्वसाधारणले  आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

आयोजनाको ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit