विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कालीगण्डकी कोरिडोर २२०/१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । योसँगै आज बिहीबार (माघ २२ गते) देखि २२० केभी कुस्मा सबस्टेसन र २२०/१३२/३३ केभी दाना सबस्टेसन पनि सञ्चालन भएको छ ।

दुई सबस्टेसन र प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भर्चुअलरूपमा उद्घाटन गरेका छन् । हेलिकोप्टरबाट आयोजनास्थल गएर उद्घाटन गर्ने कार्यक्रम रहे पनि नेकपा प्रचण्ड–माधवको नेपाल बन्द घोषणाका कारण प्रधानमन्त्रीले आयोजनास्थल जाने कार्यक्रम स्थगित गरेका हुन् ।

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल भौतिकरूपमा उपस्थित भएका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत उच्चपदाधिकारीको टोली आयोजनास्थल पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सहप्रवक्ता गोकर्णराज पन्थ लगायतको टोली समेत उद्घाटनस्थल कुस्मा पुगेको प्राधिकरणले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरको पहिलो खण्ड सञ्चालनमा आएपछि त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति गर्न सहज हुने भएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत निर्माण अगाडि बढाइएको कालीगण्डकी कोरिडोरको पहिलो खण्डमा कुस्मा, दाना सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन पर्छन् । सन् २०१६ अप्रिल २४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम पूरा गर्न ३ अर्ब ६७ करोड २३ लाख ३२ हजार ३ सय ७६ रुपैयाँ अनुमान गरिएको थियो ।

भारतको जेभि अफ टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीले अहिलेसम्म ९७ प्रतिशत निर्माण पूरा गरिसकेका छन् । कारिडोर आयोजनामा सरकार र एसियाली विकास बैंक (एडिबी) को संयुक्त लगानी छ । अनुमानित रकमभन्दा केही कममा ठेक्का सम्झौता गरी काम अगाडि बढाइएको थियो ।

दाना सबस्टसन

१०० एमभिए ट्रान्सफर्मर जडित २२०/१३२ केभी सबस्टेसनमा सिंगल फेजको ३३.३३ एमभिए एब थान जगेडा सहित ४ थान जडान भएको छ । ६०० मेगावाट विद्युत् २२० केभी दाना–कुस्मा प्रसारण लाइनमार्फत प्रवाह हुन सक्नेछ । यस्तै, ३०० मेगावाटका जलविद्युत् केन्द्रहरू ३३ केभीमा दाना सबस्टेसनमा आवद्ध गर्न सकिनेछ ।

यसैगरी, १०० मेगावाटका जलविद्युत् केन्द्रहरू ३३ केभी दाना सबस्टेसनमार्फत आवद्ध गर्न सकिने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यस सबस्टेसनबाट गण्डकी प्रदेशको धौलागिरी क्षेत्रको मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ लगायत क्षेत्रमा उच्च गुणस्तरीय विद्युत् प्रवाह गर्न सकिनेछ ।

कुस्मा सबस्टेसन

१०० एमभिए ट्रान्सफर्मर जडान भएको २२०÷१३२ केभी कुस्मा सबस्टेसन माघ ८ गतेदेखि सञ्चालनमा आएको हो । जसमा ३३.३ एमभिएको एउटा जगेडा सहित ४ वटा ट्रान्सफर्मर जडान गरिएको छ ।

सबस्टेसनमा २२० केभी लाइन तथा ट्रान्सफर्मर वे ८ थान, २२० केभी लाइन तथा ट्रान्सफर्मर वे ३ थान, १३२ केभी लाइन तथा ट्रान्सफर्मर वे ४ थान र १३२ केभी लाइन तथा ट्रान्सफर्मर वे ६ थान जडान गरिएको छ ।

सबस्टेसनबाट करिब १२०० मेगावाट विद्युत् २२० केभी दाना–कुस्मा–न्यू बुटवल प्रसारण लाइनमा प्रसारण हुनेछ । यस्तै, ३०० मेगावाटबराबरका जलविद्युत् केन्द्रहरू १३२ केभीमा कुस्मा सबस्टेसनमार्फत आवद्ध गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । गण्डकी प्रदेशको धौलागिरी क्षेत्रको कालीगण्डकी तथा मोदी बेसिनका सम्पूर्ण जलविद्युत् आयोजनाको विद्युत् यही लाइनमा प्रवाह गरी बुटवलसम्म ल्याउन सकिनेछ ।

दाना–कुस्मा प्रसारण लाइन

२२० केभी दाना–कुस्मा डबल सर्किन प्रसारण लाइन पनि यसअघि नै सञ्चालनमा आइसकेको छ । ३९.६ किलोमिटर क्षेत्रमा ११० वटा टावर निर्माण गरिएको छ । यसको ४ वटा टावरमार्फत ४० मेगावाटको राहुघाटको विद्युत् जोडिढनेछ ।

यस प्रसारण लाइनमाफर्त धौलागिरी क्षेत्रका नदी बेसिनबाट उत्पादन हुने करिब ६०० मेगावाट विद्युत् प्रवाह हुन सक्नेछ । प्रसारण लाइन सञ्चालनमा आइसकेको हुँदा म्याग्दीमा निर्माण भएको ५ मेगावाटको घलेम्दीको विद्युत् जोडिइसकेको छ ।

यसैगरी, एक महिनाभित्र ४२ मेगावाटको मिस्ट्री खोला र त्यसपछि १३.६ मेगावाटको थापा खोलाको विद्युत् जोडिनेछ । कालीगण्डकी कोरिडोरको दोस्रो खण्ड कुस्मा–न्यू बुटवल ८७ किलोमिटरको काम पनि करिब ६० प्रतिशत पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit