विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मनाङको चामे गाँउपालिका र नासा गाँउपालिका भएर बग्ने स्याल्क्यु खोलामा ४.८ मेगावाटको जलविद्युत् निर्माण हुने भएको छ । एलाईन्स इनर्जी सोलुसन्स प्रालिले आयोजना निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

कम्पनीले आयोजना अघि बढाउन आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) २०७९ जेठ २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भएको थियो । त्यस्तै, आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन प्रतिवेदनसमेतका विवरणहरूबारे जानकारी दिँदै विभागले सार्वजनिक सूचना जारी गरेको छ । 

आयोजनाको विद्युत् गृहबाहेक सम्पूर्ण संरचनाहरू चामे गाउँपालिका– १ मा रहनेछन् । विद्युत् गृह नासो गाउँपालिका– ९ डानक्यु खोला र मस्र्याङ्दी नदीको किनारमा रहने छ । आयोजनाबाट बार्षिक २९.७८२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । योजनाबाट उत्पादन हुने विद्युत ५ किलाेमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको तानचोक सबस्टेसन, मनाङमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । 

आयोजनाको बाँधस्थलभन्दा तल तथा विद्युत् गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोेटबिरूवाहरूका लागि आवश्यक पर्ने न्यूनतम पानी सम्बन्धित निकायबाट स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिम अविच्छिन्न रूपमा तल्लो तटीय क्षेत्रमा प्रवाह गरिने कम्पनीले जनाएको छ । 

आयोजनाको निर्माण २०८५ जेठ ६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३