विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
एचआइडिसिएलको २२० करोडको हकप्रद सेयर आउँदै

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले चालू आर्थिक वर्षभित्र सर्वसाधारणका लागि २ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जलविद्युत् विकासमा व्यापकरूपमा लगानी विस्तार गर्ने योजना अनुसार यसो गर्न लागिएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । जसअनुसार सरकारका तर्फबाट ५ अर्ब ५० करोड रुपैयाँ उपलब्ध भइसकेको छ । सरकारी स्वामित्वका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बिमा संस्थानबाट ३ अर्ब ३० करोड रुपैयाँ प्राप्त हुने प्रक्रियामा रहेको जनाइएको छ ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर नियामक निकायको नियन्त्रणभित्र रहेर पुँजी बृद्धि तथा लगानी विस्तार गरिरहेको कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले बताए । ‘सरकारी स्वामित्वको भए पनि यो पब्लिक कम्पनी हो, यसमा हरेक सर्वसाधारणको लगानी रहेको हुँदा हामी संवेदनशील छौं,’ कम्पनीको बुधबार सम्पन्न ९औं वार्षिक साधारणसभामा बोल्दै उनले भने ।

कम्पनीले निजी क्षेत्रका विभिन्न जलविद्युत् आयोजनामा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ । भविष्यमा थप आयोजनाहरूमा लगानीका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले स्वदेश तथा विदेशी अर्थ बजारका विभिन्न माध्यममार्फत सहकारी गरी पुँजी परिचालनको लक्ष्य राखेको छ ।

कम्पनीले आगामी १५ वर्षभित्र प्रसारण लाइन निर्माणको क्षेत्रमा करिब एक खर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, सोही अवधिसम्म ५९ आयोजनामा १ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी गर्ने योजना बनाएको छ ।

आव २०९१÷९२ सम्म १२ हजार ४ सय ७८ जलविद्युत् आयोजना (३८ निजी र २६ सरकारी) मा १ खर्ब १५ अर्ब ८९ करोड रुपैयाँ स्वपुँजी लगानी पुर्याउने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताए । ‘महालेखापरीक्षकको कार्यालय, नेपाल राष्ट्र बैंक लगायत नियामक निकायको अधिनमा रहेर काम गरेका छौं,’ उनले भने, ‘यसैले हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौं भन्ने विश्वास छ ।’

कम्पनीले अहिले ५ वर्षे व्यावसायिक कार्ययोजना कार्यान्वयन गरिरहेको छ । जसअनुसार आव २०७८÷७९ सम्म ३ हजार ३ सय ३९ मेगावाटका २३ आयोजनाहरूमा १० अर्ब ७६ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको छ । यस्तै, सोही अवधिमा १२ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने योजना छ ।

कम्पनीले हालसम्म ४ सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको छ । ती मध्ये ९०.६ मेगावाटका ४ आयोजना सञ्चालनमा आइसकेका छन् । यही आवभित्र १ सय ८२ मेगावाटका आयोजनाबाट विद्युत् उत्पादन हुँदैछ ।

हालसम्म कम्पनीले १५ सय ४० मेगावाटका ५ आयोजना र ४ सम्बन्धित कम्पनीहरूमा ९ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । उता पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाटको माडी जलाशय र ७ सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३