विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभित्र विद्युत उत्पादनको परिमाण बढेसँगै खपत गर्ने पनि बढ्दै गएको छ । सरकारले विद्युत माग वृद्धिका लागि चालेका पहलहरूका गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा खपतको दर झन्डै १६ प्रतिशतले बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले खपत बढाउन, माग अनुसार गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न प्रसारण तथा वितरण लाइन, सबस्टेसन र ट्रान्सफर्मर सुदृढीकरण तथा क्षमता विस्तार गर्दै आएको हुँदा पनि यसको प्रभाव खपतमा परेको छ । २०७८ सालमा मात्र प्राधिकरणले १३ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका अनुसार गत वर्षको तुलनामा यो वर्ष १५.९८ प्रतिशतले उच्च माग (पिक डिमाण्ड) वृद्धि भएको छ । २०७८ बैशाख १५ गतेको तुलनामा गत बिहीबार (बैशाख १५ गते) विद्युतको उच्च माग २७४ मेगावाट बढेको प्राधिकरणले जानकारी दिएको छ । गत बिहीबार विद्युतको उच्च माग १७१५ मेगावाट रहेकोमा गत वर्ष सोही दिनको माग १४४१ मेगावाट थियो ।

बिहीबार भारतबाट २०८ मेगावाट विद्युत आयात भएको प्राधिकरणले जनाएको छ । यो गत वर्ष सोही दिनको तुलनामा ५७८ मेगावाट बढी हो । गत वर्ष यही दिन भारतबाट ७८६ मेगावाट विद्युत आयात गरिएको थियो ।

गत २०७८ चैतमा युक्रेन र रुसबीच चलेको युद्धकोका कारण कोइलाको भाउ महँगो हुँदा नेपालले भारतबाट किन्ने विद्युतको मूल्य अकासिई आयात रोकिएर औद्योगिक क्षेत्रमा लोडसेडिङ नै सुरु भएको छ । त्यही समयमा नेपालको उच्च माग झण्डै १६०० मेगावाट रहेकोमा ८०० मेगावाट मात्र स्वेदेशी उत्पादनबाट आपूर्ति भइरहेको थियो । मागमध्ये आवश्यक आधा विद्युत भारतबाट आयात भइरहेको थियो । आयातित विद्युत एक्कासी कटौती भएपछि आपूर्तिको अवस्था भयावह भएको थियो ।

उत्पादनतर्फ हेर्ने हो भने गत बिहीबार प्राधिकरणका विद्युतगृहबाट ४९६ मेगावाट, उसका सहायक कम्पनीबाट ३७७ मेगावाट र निजी क्षेत्रबाट ३३५ मेगावाट उत्पादन तथा भारतबाट २०८ मेगावाट विद्युत आयात भएको देखिन्छ । गत वर्ष सोही दिन प्राधिकरणका विद्युतगृहबाट ४४० मेगावाट, सहायक कम्पनीबाट ३५ मेगावाट, निजी क्षेत्रबाट १७९ मेगावाट उत्पादन तथा भारतबाट ७८६ मेगावाट आयात भएको थियो । गत वर्ष सोही दिन शून्य देशभर शून्य लोडसेडिङ अर्थात् ट्रिपिङको अवस्था रहेकोमा चालू वर्ष ३०० मेगावाटसम्म लोडसेडिङ गरेको देखिन्छ ।

यसैगरी, ऊर्जा मागका तथ्यांक हेर्दा गत बिहीबार प्राधिकरणले ३३९८२ मेगावाट घन्टा विद्युत बेचेको छ । जबकि, गत वर्ष सोही दिन २९११९ मेगावाट घन्टा थियो । यो गत वर्षको तुलनामा ४८६४ मेगावाट घन्टा बढी हो । देशभित्र माग बढे पनि पर्याप्त उत्पादन नहुँदा प्राधिकरणले अहिले औद्योगिक क्षेत्रलाई निरन्तर आपूर्ति दिन सकेको छैन । औद्योगिक क्षेत्रमा दैनिक १६ घन्टासम्म विद्युत कटौती गरिएको छ ।

चालू वर्ष मात्र प्राधिकरणले औद्योगिक क्षेत्रको करिब ६०० मेगावाटबराबरको लोड स्वीकृत गरेको बताइरहेको छ । यद्यपि, भएकै उद्योगमा विद्युत पुर्याउन भने सकिरहेको छैन । स्वदेशी उत्पादनको अपर्याप्तता र भारतबाट आयातित परिमाणमा कटौती हुँदा विद्युत माग र आपूर्तिबीच सन्तुलन मिलाउन प्राधिकरणलाई सकस भइरहेको छ ।

स्वदेशी उत्पादनतर्फ हेर्ने हो भने २०७८ सालको चैतसम्म साना ठूला गरी ७४२ मेगावाटका आयोजनाको निर्माण पूरा भई प्रणालीमा जोडिएका छन् । प्राधिकरणले हरेक वर्ष औसत १० प्रतिशतका दरमा विद्युत माग बढ्दै जाने प्रक्षेपण गर्दै आएको छ । तर, पछिल्ला ३–४ वर्षको बीचमा स्वदेशी उत्पादन र भारतबाट आयातित परिमाणबीच सामञ्जस्यता कायम भएको हुँदा आपूर्ति सुचारु भई ग्राहकहरू विद्युत खपत बढाउन अभ्यस्त हुँदै आएका छन् ।

गार्हकवर्गको खपतको प्रकृतिमा सुधार आउनु, सरकार तथा प्राधिकरणले विद्युतीय सवारी, इन्डक्सन चुलो लगायत क्षेत्रको प्रवद्र्धन गर्नु जस्ता कारणले पनि माग वृद्धि भएको देखिन्छ । प्राधिकरणले विद्युत खपत बढाउने उद्देश्यले २० वटा विद्युतीय सवारी आयात गरेको छ भने देशका विभिन्न क्षेत्रमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

यही वर्षको असारसम्म माग बढे २ हजार मेगावाट पुग्ने अनुमान गरिएको छ । अहिलेसम्म सुख्खायाम नै रहेको हुँदा स्वदेशी विद्युत उत्पादनमा सुधार आउन सकेको छैन तर अब विस्तारै बर्खा लागेसँगै खोला तथा नदीमा पानीको बहाब बढ्ने र नदी प्रवाही जलविद्युतगृहको उत्पादन बढ्दै जानेछ । यसो हुँदा बर्खामा पर्याप्त विद्युत हुने तर खपत नभएर खेर जाने स्थिति सिर्जना हुने अवस्था छ ।

सरकारले भने उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएको छ । यस्तै, दीर्घकालीन योजना अन्तर्गत विद्युतीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै भारत निर्यात गर्ने योजना समेत अगाडि बढाइएको छ । यसै क्रममा नेपालतर्फ बढी विद्युत हुँदा ३६४ मेगावाटसम्म निर्यात गर्न पाउने अनुमति भारतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३