काठमाडौं । सरकारले विद्युतको पहुँच बाहिरका परिवारलाई धूवाँमुक्त भान्छा अभियान अन्तर्गत सुधारिएको चुलो वितरण गर्ने उल्लेख गरेको छ । अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा यस्तो कुरा उल्लेख गरिएको हो ।