विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

धनुषा (ढल्केबर) । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार (माघ १९ गते) धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीका साथमा हेलिकोप्टरमा ढल्केबर पुगेका हुन् ।

‘सबस्टेसन सञ्चालनमा आउनु विद्युत् आपूर्ति, निर्यात र औद्योगिकीकरणमा कोसेढुंगा साबित हुनु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी नै विद्युत् तथा यससँग सम्बन्धित पूर्वाधारको निर्माण गर्दै २०८० सालसम्म भारतबाट विद्युत् किन्ने अवस्था अन्त्य गर्न सकिन्छ÷हुन्छ ।’

याे पनि पढ्नुहाेस् : प्रधानमन्त्रीले ४०० केभी ढल्केबर स्वचालित सबस्टेसन उद्घाटन गर्दै (तस्बिरमा)

यो सबस्टेसनले बिजुली किनबेचसँगै प्रसारण तथा वितरण प्रणालीलाई थप दरिलो बनाउने उनले बताए । सुनकोसी–मरिन बहुउदेश्यीय आयोजनाबाट समेत २८ मेगावाट विद्युत् उत्पादन गर्न सकिने हुँदा यसले तराई, पहाड र हिमाललाई जोड्ने प्रधानमन्त्रीको तर्क थियो ।

यसैगरी, ऊर्जा मन्त्री रायमाझीले सबस्टेसन सञ्चालनमा आउनुलाई उज्यालो नेपाल अभियानको सफलतासँग जोडे । यसले देशको मुहार फेरिने हुँदा यो एउटा ऐतिहासिक उपलब्धि रहेको पनि उनले बताए । ‘ऊर्जा आयात–निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्दै अल्पकालीन र दीर्घकालीन रूपमा गुणस्तरीय सेवा प्रवाहमा सबस्टेसनले बलिया आधार हुनेछ,’ उनले भने । 

याे पनि पढ्नुहाेस् : देशकै ठूलो स्वचालित सबस्टेसन प्रधानमन्त्रीबाट उद्घाटन हुँदै, के–के छन् विशेषता ?

उता ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले सबस्टेसनले विद्युत् आपूर्ति र व्यवस्थापनलाई भरपर्दो बनाउने बताए । ‘हामीले उत्पादन गरेको विद्युत्ले सन् २०२८ सम्म आन्तरिक माग पूरा हुन्छ, अनि हामी निर्यातका लागि तयार हुन्छौं,’ उनले भने, ‘त्यतिबेला यसको ठूलो महत्त्व हुनेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसन नेपाली इन्जिनियरको प्रत्यक्ष निरिक्षण र अनुगमनमा निर्माण भएको हुँदा यस्ता संरचना निर्माणमा स्वदेशी जनशक्ति सबल हुँदै गएको बताए । ‘२०६२ सालमा परिकल्पना गरिएको सबस्टेसन आज पूरा हुँदा यसले देशको मुहारमा उज्यालो ल्याएको छ,’ उनले भने, ‘यो विद्युत् आपूर्ति र किनबेचको बलियो ढोका पनि हो ।’

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव घिमिरे, प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्य, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह लगायत प्राधिकरणका उपकार्यकारी निर्देशकहरू सहभागी छन् । प्राधिकरणका उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने, रामजी भण्डारी, मदन तिम्सिना, दीर्घायूकुमार श्रेष्ठ लगायतका उच्च पदाधिकारी सहभागी छन् । 

याे पनि पढ्नुहाेस् : देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसन, एउटा अभूतपूर्व उपलब्धि

नेपाल–भारत रणनीतिक महत्त्वको सबस्टेसन भएको हुँदा भारतका तर्फबाट पावर ग्रिड कर्पोरेशन अफ इन्डियाका महाप्रबन्धक कञ्चन चौधरी लगायतको टोली सहभागी छ । यो सबस्टेसन तथा ढल्केबर–मुजफ्फरपुर सीमापार ४०० केभी प्रसारण लाइनले तत्काल र दिगो विद्युत् आपूर्तिको समस्या समाधान गर्ने चौधरीले बताए । ‘यो काम दुवै देशको रणनीतिक र सामरिक महत्त्वका लागि ऐतिहासिक फड्को हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit