धनुषा (ढल्केबर) । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे १२ बजे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीका साथमा हेलिकोप्टरमा ढल्केबर आइपुगेका हुन् ।