विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज (पुस २२ गते) एक्कासी भैरहवा पुगेका छन् । तराई क्षेत्रमा विद्युत् लोड (माग) बढेको र योसँगै चुहावट पनि बढ्न थालेको गुनासो आउन थालेपछि उनी अनुगमनमा गएका हुन् ।

तराई क्षेत्रको अनुगमन भैरहवाबाट सुरु गरी समयको अनुकूलता हेरी सबै प्रादेशिक कार्यालयमा पुग्ने शाक्यको योजना छ । अपरान्ह भैरहवा पुगेका शाक्यले त्यहाँका केही सबस्टेसन अनुगमन गरेको जानकारी दिएका छन् ।

भैरहवा तथा बुटवल क्षेत्रमा मागअनुसार विद्युत् प्रवाह हुन नसकेको शाक्यले बताए । ‘यस क्षेत्रमा उद्योगी व्यवसायीहरूले प्रशस्त विद्युत्को माग गरेको देखियो तर गुणस्तरीय प्रसारण लाइन नहुँदा उपलब्ध गराउन नसकिएको रहेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘मागअनुसारको विवरण तयार गरेर तुरुन्त केन्द्रीय कार्यालय पठाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।’

अहिले भइरहेको माग, आभाव र भविष्यमा हुन बढ्न सक्ने लोडको अध्ययन गरी आवश्यक बजेटसहित पठाउन लुम्बिनी प्रादेशिक कार्यालयलाई निर्देश गरिएको पनि शाक्यले बताए । यस क्षेत्रमा कमजोर कन्डक्टर (तार), ट्रान्सफर्मर लगायत उपकरणका कारण मागअनुसार प्राधिकरणले विद्युत् पुर्याउन सकेको छैन ।

वितरण प्रणाली विस्तार तथा गुणस्तरीय बनाउन आवश्यक बजेट सरकारसँग माग गर्ने योजना बनाइएको छ । सरकारबाट प्राप्त नभए प्राधिकरणको आफ्नै स्रोतबाट खर्च गरेर वितरण प्रणाली सुदृढिकरण गर्ने शाक्यले बताए । विद्युत् नपुगेको ठाउँमा पुर्याउँदा गरेको लगानीबाट तुरुन्तै प्रतिफल आउने भएकाले प्राधिकरण आफैंले पनि आवश्यक बजेट खर्च गर्न सक्ने उनको भनाइ छ ।

मुख्यतः चिसो बढेसँगै देशभर विद्युत् माग बढेको प्राधिकरणले तथ्यांक बाहिर ल्याएको छ । कूल माग बढेसँगै तराई क्षेत्रमा सय मेगावाट माग बढेको चर्चा छ । तर, प्राधिकरणले यो स्वीकारेको छैन । तराईमा लोड बढ्नुको कारण त्यहाँ चोरीका गतिविधि बढ्न थालेको पनि अनुमान गरिएको छ ।

प्राधिकरणको पुस मध्यसम्मको तथ्यांक अनुसार गत वर्ष यही अवधिको तुलनामा चुहावट करिब १.६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा चुहावट १५.२७ प्रतिशत थियो । यद्यपि, शाक्यले चुहावट गत वर्षभन्दा बढ्न नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३