विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिराहा जिल्लाको लाहान नगरपालिका १५ ढोढना सिमलटोकीमा ट्रान्सफर्मर जडान गरेको ३ वर्षपछि सञ्चालनमा आएको छ । स्थानीयकाे सामाजिक विवादका कारण सञ्चालनमा आउन नसकेको १०० केभी ट्रान्सर्फमर १५ गते (शुक्रबार) चार्ज भएकाे हो । 

सिमलटोकीमा गाउँबस्ती ठुला भएका कारण एक ट्रान्सर्फमरले लोड धान्न नसकेपछि थप १०० केभीको ट्रान्सफर्मर जडान गरिएकाे थियाे । ट्रान्सफर्मर जडान गर्दा गाउँमा जग्गा मिचेको लगायका कारण देखाँउदै स्थानीयले अवराेध गरेपछि सञ्चालन गर्न नसकिएकाे  नेपाल विद्युत प्राधिकरण लाहान वितरण केन्द्रले जनाएको छ ।

स्थानीयले अवराेध गरेपछि विगत ३ वर्षदेखि ट्रान्सफर्मर जडान मात्र गरेर छाडिएकाे प्राधिकरणले जनाएकाे छ । हालसालै वडा कार्यालयले विवाद मिलाएपछि ट्रान्सफर्मर सञ्चालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit