विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । विद्युत विकास विभागले आज (साउन १ गते) आफ्नो स्थापनाको २९औं वार्षिकोत्सव मनाउन लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मनाइने वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष (आव) २०७८/७९ भित्र विद्युत उत्पादन गरेका प्रवर्द्धकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

विद्युत उत्पादन गरी देशको राष्ट्रिय प्रणालीमा योगदान पुर्याएको हुँदा ती प्रवर्द्धकहरूलाई सम्मान गर्न लागिएको विभागले जनाएको छ । यस आवमा २५ प्रवर्द्धकहरूले ७२३ मेगावाट विद्युत उत्पादन गरी प्रणालीमा योगदान पुर्याएका छन् । यस वर्ष उत्पादनमा मुख्य भूमिका ४५६ मेगावाटको माथिल्लो तामाकोसीको रह्यो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेको माथिल्लो तामाकोसी बाहेक अन्य २४ प्रवर्द्धकहरूले जलविद्युत, सोलार र बगास (चिनी मिलबाट उखुको खोस्टा प्रयोग गरी) बाट विद्युत उत्पादन गरी प्रणालीमा उपलब्ध गराएका छन् । विद्युत उत्पादन गर्नेमा १९ वटा जलविद्युत, ५ वटा सोलार र एउटा चिनी मिल रहेका छन् ।

यस आवमा जलविद्युतबाट ७०६ मेगावाट, सोलारबाट १४ मेगावाट र बगासबाट ३ मेगावाट विद्युत उत्पादन भएको छ । जलविद्युत उत्पादन गर्ने मुख्य कम्पनीहरूमा तामाकोसी बाहेक सिंगटी हाइड्रो एन्ड इनर्जी (सिंगटी खोला, २५ मेगावाट), मनाङ ट्रेड लिंक (तल्लो मोदी, २० मेगावाट), ग्रिन भेन्चर्स प्रालि (लिखु–४, ५२.४ मेगावाट), नुम्बुर हिमालय हाइड्रो पावर (लिखु–ए,  २९.०४ मेगावाट) लगायत रहेका छन् ।

यो वर्ष निजी क्षेत्रका प्रवर्द्धकले मात्र २६७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सफल भएका छन् ।

याे पनि

विद्युत उत्पादनमा लक्ष्यको आधाभन्दा कम उपलब्धि, निजी क्षेत्रको योगदान २६७ मेगावाट

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३