विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । भौगोलिकरूपमा विकट बागलुङको सल्यान गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी बरेङ गाउँपालिकाको ४ नम्बर वडामा पर्ने यो गाउँमा विद्युत पुर्याएको हो ।

प्राधिकरणले ४५ लाख रुपैयाँ लागतमा वितरण लाइन विस्तार गरी गाउँमा विद्युत सेवा पुर्याएको हो । विद्युतीकरण विस्तारपछि यो गाउँका १ सय २५ घरधुरी प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । सल्यान गाउँका राँजरुख टोल र कालेशोरा टोलक ६९ घरधुरीमा भने ३ अघि नै ५ नम्बर वडाको सुखौरमा जडित वितरण ट्रान्सफर्मरबाट विद्युत सेवा पुर्याइको छ ।

विद्युतीकरण विस्तार कार्यक्रम अन्तर्गत सल्यान गाउँमा विद्युत सेवा पुर्याएको वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । ‘विद्युत पुगेपछि गाउँ झलमल भएको छ,’ उनले भने, ‘विपन्न परिवारलाई पनि निशुल्क मिटर दिएर विद्युत सेवा उपयोग गर्ने सक्ने गरी सहयोग गरेका छौं ।’ 

उनले विद्युतीकरण कार्यक्रम अन्तर्गत स्थानीय ११ घरधुरीलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुग्नुअघि यो गाउँका स्थानीयबासीको दैनिकी लघु जलविद्युतको भरमा चलेको थियो । लघु जलविद्युत केन्द्रहरू जीर्ण बन्दै गएकाले स्थानीयबासीले नियमित विद्युत पाउन सकेका थिएनन् ।

दुर्गम गाउँमा पूर्ण विद्युतीकरण भएपछि स्थानीयबासी हर्सित भएको वडा सदस्य जनबहादुर खत्रीले बताए । प्राधिकरणले मिटर किन्न नसक्ने विपन्न परिवारलाई निशुल्क मिटर दिएर उदाहरणिय काम गरेको पनि उनले बताए ।

स्थानीयबासीले पनि गाउँमा विद्युत पुगेपछि खुशी व्यक्त गरेका छन् । उनीहरूले आर्थिक अभावका कारण हिजोका दिनमा विद्युत सेवाबाट बञ्चित हुनु परेकोमा  अब भने उज्यालोमा बस्ने गरी दिन फेरिएको बताएका छन् । गाउँमा विद्युत पुगेपछि अब मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पठन पाठन गर्न सहज भएको स्थानीय सञ्जु विश्वकर्माले बताइन् ।

यस गाउँमा विद्युत नभएकै कारण साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ थियो । अब उद्योग व्यवसाय चलाउन सहज हुने ४ नम्बर वडाका अध्यक्ष लिलबहादुर खत्रीले बताए ।

उनले वर्षौंको प्रयासपछि गाउँमा केन्द्रीय लाइन पुगेको बताए । उनले बागलुङ वितरण केन्द्रलाई आवश्यकताअनुसार आफ्नो वडामा थ्री फेज मिटरबाट सेवा दिने गरी गुणस्तर सुधार गर्न आग्रहसमेत गरे । 

त्यस्तै, ५ नम्बर वडाको सुखौराका ५ परिवारलाई पनि निशुल्क विद्युत मिटर दिएर विद्युत सेवा लिने अवसर प्राधिकरणले दिएको यस वडाका अध्यक्ष अमरबहादुर शेरपुजाले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३