संगठनमा कार्यरत कर्मचारीहरूले संगठनमा भएका वा हुन नसकेका कामप्रति व्यक्त गर्ने असन्तुष्टि, दुखेसो तथा सिकायतलाई गुनासो भनिन्छ ।गुनासो व्यक्तिगत वा सामुहिक तथा तथ्यगत र काल्पनिक समेत हुन सक्छन।कर्मचारीहरूले व्यवस्थापन समक्ष लिखित, मौखिक वा सांकेतिक तवरले गुनासो व्यक्त गर्न सक्छन।
प्राधिकरणमा कार्यरत कर्मचारीहरूमा गुनासो उत्पन्न हुने प्रमुख कारणहरू देहायबमोजिम छन् :
• व्यवस्थापनका अन्यायपुर्ण र विभेदकारी व्यवहार
• कमसल कार्यावातावरण
• खराब कार्य सस्कृती
• वुझाईमा रहने भिन्नता
• सेवा, सुविधा तथा वृत्ति विकासमा रहेका असमानता
• कर्मचारी संगठनका नियतपुर्ण अभ्यास
• कर्मचारीको स्वभाव: कुनै कर्मचारी अत्यन्त सानातिना कुरामा समेत गुनासा गर्ने स्वभावका हुन्छन।
• सुपरिवेक्षकसँगको खराब सम्बन्ध ।
• संगठनमा विद्यमान द्वन्द्व ।
• न्यून मौद्रिक तथा गैरमौद्रिक सेवा सुविधा
• व्यवस्थापन सहभागितामुलक हुन नसक्नु ।
गुनासो व्यवस्थापन: सकभर कर्मचारीहरूले गुनासो गर्नु नपर्ने वातावरणको सिर्जना गर्ने तथा गुनासो आईहालेमा उपयुक्त उपायहरूको अवलम्बन गरी गुनासो समाधान गर्ने व्यवस्थापकीय विधिलाई गुनासो व्यवस्थापन भनिन्छ।
प्राधिकरणमा कार्यरत कर्मचारीहरूको गुनासो व्यवस्थापनका लागि देहायका उपायहरू अवलम्बन गर्न सकिन्छ:
• गुनासो सिर्जना हुनै नदिनका लागि कर्मचारी नियुक्ति, पदस्थापना, सरुवा, वढुवा तथा क्षतिपूर्तिका कार्यलाई अनुमानयोग्य, निष्पक्ष, वस्तुगत तथा वैज्ञानिक बनाउने ।
• गुनासो व्यवस्थापनमा खुलाद्वार नीतिको अवलम्बन गर्ने ।
• गुनासो व्यवस्थापनका संयन्त्र सजह र पहुचयोग्य बनाउने ।
• सहभागितामुलक व्यवस्थापन शैलीको अवलम्बन गर्ने ।
• व्यवस्थापकहरूमा गुनासो व्यवस्थापनको सीप विकास गर्नका लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने ।
• समय समयमा कर्मचारी वैठकहरू राख्ने ।
• व्यवस्थापकीय क्रियाकलाप पारदर्शी बनाउने ।
• गुनासो व्यवस्थापन प्रक्रियालाई सहज र सरल बनाउने ।
• नेतृत्वले लोकतान्त्रिक शैलीको अवलम्बन गर्ने ।
• व्यवस्थापक समानुभूती।
प्राधिकरणमा कर्मचारी गुनासो व्यवस्थापनमा रहेका समस्याहरू देहायबमोजिम छन् :
• कर्मचारीहरूको गुनासो व्यवस्थापन कार्यालयहरूको प्राथमिकतामा नपरेको
• व्यवस्थापकहरूमा गुनासो सुन्ने धैर्यता समेत नभएको ।
• गुनासो व्यवस्थापनबाट दुवै पक्षले लाभ लिन सक्छन् भन्ने बुझाई नभएको ।
• गुनासोहरू सेवा सुविधासँग बढी सम्बन्धित हुँदा स्रोतको अभावमा गुनासा सम्बोधन गर्न कठिनाई भएको ।
• गुनासो व्यवस्थापनका लागि आवश्यक पर्ने सीप विकासका लागि व्यवस्थापकहरूलाई तालिम तथा प्रशिक्षणको अभाव रहेको ।
• कर्मचारीहरू व्यक्तिगत तवरले गुनासो लिएर जाँदा सुनुवाई नहुने तथा ट्रेड युनियनमार्फत जाँदा युनियन बोकेर आयो भनी व्यवस्थापकले नकारात्मक तवरले लिने परिपाटी समेत रहेको ।
• गुनासो सुनुवाईलाई कार्यसम्पादन मूल्यांकनसँग आवद्द गर्न नसकिएको ।
• कर्मचारीहरू व्यवस्थापकसमक्ष गुनासो गर्न नै डराउने परिपाटी ।
• गुनासो गर्ने कर्मचारीलाई व्यवस्थापनले नकारात्मक तवरले लिने परिपाटी समेत रहेको ।
• व्यवस्थापकहरूमा समानुभूति समेत नभएको जसले गर्दा गुनासो व्यवस्थापन प्रभावकारी नदेखिएको ।
• गुनासो पेटिका, गुनासो सुन्ने अधिकारी लगायतको व्यवस्था भए पनि कमजोर कार्यान्वयन ।
• गुनासो फर्छयौटको अवस्थावारे अनुगमन तथा मूल्यांङ्कन कमजोर रहेको ।
उल्लिखि समस्याका कारणले प्राधिकरणमा कर्मचारीको गुनासो व्यवस्थापन प्रभावकारी तवरले हुन नसकेको देखिन्छ तर आगामी दिनमा यो कार्यलाई व्यवस्थापनले आफ्नो एक प्रमुख कार्यको रूपमा लिई गुनासो व्यवस्थापनवाट दुवै पक्ष लभान्वित हुन्छन् भन्ने मानसिकता विकास गर्न सकेमा कर्मचारीको गुनासो व्यवस्थापन प्रभावकारी हुन जान्छ जसले गर्दा प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मनोवल र उत्प्रेरणा वढ्न गई समग्र प्राधिकरणको सेवा प्रवाहमा थप सुधार हुन जान्छ जुन आजको प्रमुख आवश्यकता समेत हो।
लेखक, नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन् ।