विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाममा ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सुपरमाई हाइड्रो पावर लिमिटेडले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट सो आम्दानी गरेको हो ।

कम्पनीले आवकाे साउनदेखि चैत सम्मको अवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १८ करोड ७० लाख ८३ हजार ५ सय ६० रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको हो । गत वर्ष १७ करोड १४ लाख ५२ हजार १ सय ५३ रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । कम्पनीले यो अवधिमा ८ करोड २२ लाख ३६ हजार ९ सय २८ रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ । गत वर्ष ४ करोड ८३ लाख ५७ हजार ७१ रुपैयाँ नाफा कमाएको थियो ।

मौसम प्रतिकुल भई उत्पादनमा भएको उल्लेखनीय गिरावट, व्याजदरमा भएको वृद्धि र पूर्ण मर्मत सम्भारका कारण याे वर्ष कम्पनीको तरलता र मुनाफामा नकरात्मक असर परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीमा रहेका स्रोत साधनहरूको अधिकतम उपयोग गरी कम्पनीको मुनाफा वृद्धि गर्ने योजना रहेको छ ।

यस कम्पनीले व्यावसायिक उत्पादन गरेको करिब ५ वर्ष हुन लागेकोले नयाँ मेशिनहरू थप गर्नुपर्ने, मौजुदा मेशिनहरू मर्मत गर्नुपर्ने र ब्याजदरमा भएको आकस्मिक वृद्धिका कारण कम्पनीको तरलता वा नाफामा थप प्रभाव पर्ने पनि कम्पनीले जानकारी दिएको छ । 

यसैगरी, आँखुखोल जलविद्युत कम्पनी लिमिटेडले पनि ८६ लाख ५२ हजार ४ सय २४ रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको देखिएको छ । गत वर्ष ३ करोड ४ लाख ५१ हजार २१ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको नाफा घटेसँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको विवरणमा उल्लेख छ । विद्युत बिक्रीबाट गत वर्ष १७ करोड ३७ लाख ९६ हजार ६ सय ३९ रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यस अहिले १५ करोड ४५ लाख २१ हजार ५ सय ४१ रुपैयाँ मात्र आम्दानी गरेको छ । 

कम्पनीको धादिङमा जिल्लाको आँखुखोलामा ८.४० मेगावाटको आँखुखोला जलविद्युत आयोजना सञ्चालनमा छन् । यस आयोजनाले २०७० साल भदौ ८ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit