विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्याकाको ६ ठाउँमा ६ दिन दैनिक ४ घण्टा विद्युत् काट्ने जानकारी दिएको छ । कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्र्तगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामका लागि विद्युत् काटिने भएको प्राधिकरणले सूचना जारी गरेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरुद्ध रहने बारे प्राधिकरणले सर्वसाधारणलाई जानकारी दिएको छ । 

जेठ २७ गते डाँची फिडर अन्तर्गत मूलपानी पिपलबोटदेखि बाबा चोकसम्म र २८ गते रोपवे र मच्छेगाउँ फिडर अन्तर्गत नगाऊँ क्षेत्र अन्तर्गत विद्युत् काटिने छ । जेठ २९ गते थानकोट फिडर अन्तर्गत नैकापदेखि बल्खु पुल सम्मको क्षेत्र र ३० गते कीर्तिपुर फिडर अन्तर्गत पाँगा सडक क्षेत्रमा विद्युत् अवरुद्ध रहने छ ।

त्यस्तै, बलम्बु फिडर अन्तर्गत गुर्जुधारा क्षेत्रमा जेठ ३२ गते र मूलपानी फिडर अन्तर्गत असार १ गते फिकल चोकदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति बन्द हुन गएकोमा नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी रहेको र मौसम प्रतिकुल रहेमा सटडाउन नहुने समेत प्राधिकरणले सूचनामा जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३