विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पृष्ठभूमि

राजधानी काठमाडौँका तारे होटलहरूमा जलविद्युत उत्पादन सम्बन्धी कार्यक्रमहरूमा अधिकांश विद्युत निर्यात गर्ने सम्बन्धमा व्यापक विचाररविमर्श हुन्छ । कर्णाली प्रदेशले देशको करिब १९ प्रतिशत क्षेत्रफल तथा कूल जनसङ्ख्याको ५.८१ प्रतिशत हिस्सा ओगट्छ । यहाँ बसोबास गर्ने ४७ घरधुरीले उपार्जित स्रोत साधनबाट विद्युत आपूर्ति गर्ने सन्दर्भमा विद्यमान नीति/कार्यक्रम एवम् स्थानीय तथा प्रदेश सरकारसमेत अन्याेलकाे अवस्थामा रहेकाे देखिन्छ ।

प्रदेशमा उपलब्ध राष्ट्रिय ग्रिडको विद्युत कोहलपुरको ३३ केभी लाइनमार्फत लामो तारबाट जुम्लासम्म पुर्याइएको छ । यो संरचनाले सुर्खेत सदरमुकाम विरेन्द्रनगरमै समस्या उत्पादन गर्छ । झ्याप्प–झ्याप्प विद्युत गएर उपभोक्तहरू प्रताडित छन् । यस्तो अवस्थामा विद्युतीय चुलो प्रवद्र्धनको सुझाव सुन्दा त्यहाँका वासिन्दा झन् अवाक भएका छन् । २०५७ सालमा ६३ किलोवाट घन्टा रहेको प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत हाल २८५ किलोवाट पुग्नु अत्यन्तै  सह्रानीय पक्ष हो ।

यद्यपि, सरकारले २०८५ सालमा खपतको अङ्क १५०० किलोवाट घन्टा पुर्याउने लक्ष्य राखेको छ । अहिलेकै परिस्थितिमा त्यो लक्ष्य हासिल हुन अत्यन्तै कठिन देखिन्छ । हाल प्रतिव्यक्ति विद्युत खपतमा नेपाल विश्वमै पुछारको सूचीमा रहेको छ; जस अनुसार विद्यमान खपत विश्वको जम्मा १ः२० को अनुपातमा छ ।

प्रस्तुत आलेख कर्णाली प्रदेशको विद्युतीकरणको अवस्थाको चित्रण गर्दै सरकारद्वारा तय गरिएको आगामी दुई वर्षभित्र सबै घरमा विद्युतको सहज उपलब्धतामा केन्द्रित छ । यस प्रदेशमा हाल भइरहेका प्रयासलाई नतिजामुखी बनाउन तथा राष्ट्रिय प्रणालीमार्फत भरपर्दो तथा गुणस्तरीय विद्युत पहुँचका लागि तत्काल गर्न सकिने केही आधारहरूका विषयमा विश्लेषण गरिएको छ ।

विद्यमान अवस्था

भर्खरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको एक अध्ययन अनुसार कर्णाली प्रदेशका करिब ५३५ घरमा विद्युतीकरण भएको छ । यसमध्ये, राष्ट्रिय प्रसारण लाइनमार्फत ४३५ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्रयासमा १०५ विद्युतीकरण भएको देखाएको छ । उक्त अध्ययनमा लघुजलविद्युत आयोजना भएका करिब २७५ घरधुरीहरूमा राष्ट्रिय प्रसारण लाइनको पहुँचपश्चात् दोहोरो सङ्ख्याकन हुने हुँदा केन्द्रीय प्रणालीको पहुँचलाई मात्रै आधार लिइएको छ । जस अनुसार प्रदेशका कूल ७१८ वडामध्ये २५२ वडामा विद्युतीकरण नभएको, ४३८ वडामा आंशिक र २८ वडामा पूर्ण विद्युतीकरण  भएको पाइएको छ ।

विगतका एकाध वर्षमा राष्ट्रिय प्रसारण लाइन विस्तार अन्तर्गत केही स्थानमा विद्युत पोल, तार पुगे पनि विद्युतको गुणस्तर अत्यन्तै कमजोर छ । कोहलपुरदेखि दैलेख हुँदै कालिकोटसम्मको करिब १५० किलोमिटर ३३ केभी लाइन विस्तार भएको छ । त्यहाँ विद्युतीय संरचनामा प्रयोग भएको सुचालकको प्राविधिक मापदण्ड बमोजिम करेन्ट बहन क्षमता २४० एम्पियर हुनुपर्छ । तर, ३८० एम्पियरसमेत प्रवाह हुँदा भोल्टेजमा उतारचढाव भई विद्युतको गुणस्तर खस्किएको देखिएको छ ।

अझ कालिकोट–जुम्ला खण्डको ८० किलोमिटरको ११ केभी लाइनमार्फत जुम्लामा त ५०५ समय पनि विद्युत आपुर्ति हुने गरेको छैन । कर्णाली प्रदेशमा ग्रीडमा आवद्ध उत्पादन प्रणालीहरू कम भएको तथा ३३/११ केभी लाइन मापदण्डभन्दा धेरै लामो हुँदा पनि समस्या आइरहेको छ । यस प्रणालीको भोल्टेज नियमन दैलेखको ८.२५ मेगावाटको नौमुले जलविद्युत आयोजनामा निर्भर छ । बर्खामा यस आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने हुँदा ३३ केभी लाइनमा भोल्टेज करिब २९ केभीसम्म पुग्ने गर्दछ । हिउँदको उत्पादन १.५ मेगावाटमात्र हुँदा भोल्टेज घटेर २४ केभी हुन्छ ।

नीतिगत र तथ्याङ्कमा विद्युत पहुँचको घरधुरीको सङ्ख्यामा वृद्धि देखिए पनि वास्तविक खपत दयनीय छ । यस आधारमा कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुगेका स्थानमा तिनको स्तरोन्नति तथा अन्य क्षेत्रहरूमा विकेन्द्रित विद्युतीय ऊर्जा प्रणालीहरूको प्रवर्द्धनन गर्नुको विकिल्प छैन । हालका नीति र कार्यक्रम बजेटमा सरकारले राखेको कर्णाली प्रदेशमा दुई वर्षभित्र सबै घरमा विद्युत पुर्याउन असम्भव देखिन्छ ।

कर्णाली विद्युतीकरणका सन्दर्भमा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरू नीजि तथा वित्तीय क्षेत्रको सहकार्यमा ऋण, अनुदान र स्वपुँजी लगानीको बयान गर्छन् । भौगोलिक तथा आर्थिक अवस्थाले कठिनाईमा परेका कर्णालीवासीको लगानीमार्फत विद्युतीकरण गर्नु एउटा प्रयोग त होला तर नतिजा हासिल नहुने पक्ष प्रमाणीत तथ्य हो । प्रसारण लाइन उपलब्ध रहेका क्षेत्रमा उपभोक्ताले सामान्य शुल्क तिरी सिधै लाइन जोड्न सक्लान्  । यद्यपि, दुर्गम क्षेत्रका घरधुरीले आधारभूत विद्युत सेवा पाउन अनेक आर्थिक भार बेहोर्नुपर्ने अवस्था सिर्जना गर्नु निश्चय नै सामाजिक न्याय विपरित हुन्छ ।

अबको गन्तव्य

नेपाल विद्युत प्राधिकरणको अध्ययनले नै प्रसारण लाइन विस्तारबाट दुई वर्षभित्र सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्न सम्भव नहुने देखाइसकेको छ । यस्तो परिवेशमा नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ ले व्यवस्था गरे बमोजिम ९० प्रतिशत संघीय सरकार तथा १० प्रतिशत  स्थानीय/प्रदेशमार्फत गर्न सकिने व्यवस्था छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण बजेट प्रदेशबाट परिचालन गरिनु वाञ्छनीय देखिन्छ ।

उक्त नतिजा हासिल गर्न बजेटको उपलब्धतासँगै हरेक स्थानीय तहमा दक्ष जनशक्ति परिचालन गर्नु अनिवार्य छ । भौतिक पूर्वाधारमा यथेष्ट काम गर्नुपर्ने कर्णालीका सबै स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरहरूको विशेष व्यवस्था हुनुपर्छ । निश्चित अवधिका लागि पदस्थापन गर्न सके वातावरण सहज हुनुका साथै मनोबल बढ्नेछ । यसो हुँदा, लक्ष्य प्राप्तिमा समेत सहज हुने निश्चित हुनेछ । विद्युतीकरणको मात्रै नभएर अन्य भौतिक पूर्वाधारका संरचनाहरू सिँचाइ, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य भवन निर्माणमा उत्तिकै सहयोगी र प्रभावकारी हुने देखिन्छ ।

विद्युतीय आयोजना पूरा भएपछि सञ्चालन, मर्मत सम्भार गर्न निजी क्षेत्रको सहकार्यमा हरेक स्थानीय स्तरमा स्थानीय सरकारको रोहवरमा स्थानीय जनशक्तिलाई अपरेटर तालिमसहित महसुल सङ्कलन, व्यवस्थापन सम्बन्धी काम गर्न सकिन्छ । संघीयताले निर्दिष्ट गरे अनुसार १ मेगावाटसम्मका नवीकरणाीय ऊर्जाको प्रवर्द्धन स्थानीय तहमार्फत हुँदा लक्ष्यले सार्थकता पाउँछ ।

संघीय सरकार अन्तर्गतको वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रमार्फत सम्बन्धित सम्पूर्ण काममा प्रदेश तथा स्थानीय तहसँग आवश्यक सहकार्यको वातावरण बनाउन सकिन्छ । आयोजनाहरू कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय विकास साझेदारलाई एकल कोषमा आर्थिक सहयोग जुटाउन लगाउन पनि आग्रह गर्न सकिन्छ । नभए, कम्तीमा आवश्यक प्राविधिक दक्ष जनशक्ति प्रदेशलाई प्रदान गर्ने, तालिम सञ्चालन जस्ता सरोकारवाला काममा संलग्न गराउन सकिन्छ ।

सरकारको प्रचलित सालवसाली बजेट प्रणालीमार्फत दुई वर्षभित्र लक्ष्य प्राप्त गर्न कठिनाई छ । यसो हुँदा एकमुष्ठ कोष प्रदेश सरकारलाई उपलब्ध गराई आयोजना चक्रलाई निरन्तर सञ्चालन गर्दा थप प्रभावकारी हुन्छ । साथै, यसअघि सञ्चालनमा आएका विद्युत आयोजना समेत स्थानीय तहलाई हस्तान्तरण गर्दा समुदायमा निहित भार हटाउन सकिन्छ । केही मात्रामा यसको थालनी भए पनि जिम्मेवारी वहन गर्ने गरी स्थानीय तहसँग आवश्यक वित्तीय स्रोत तथा प्राविधिक जनशक्तिको  अभाव छ । यही कारण सोचे अनुरूप परिणाम आएको छैन ।

यसर्थ, आयोजनाको स्वामित्व हस्तान्तरण सहित सुरुका केही वर्ष स्थानीय तहलाई  आवश्यक स्रोतको अनिवार्य सुनिश्चितता गरिनुपर्छ । आयोजनाको प्रभावकारी व्यवस्थापनमार्फत महसुल सङ्कलन हुने वातावरण बनेपछि स्थानीय तहमा राजस्वको एउटा आधार स्थापना हुन्छ । तब, आयोजना पूर्ण आफ्नै आर्थिक दायित्वमा सञ्चालन हुने परिस्थिति सिर्जना हुनेछ ।

राष्ट्रिय ग्रिडको हकमा भोल्टेजको गुणस्तर कायम गर्न विद्यमान सुचालकको आकार वृद्धी गर्नुपर्छ । कोहलपुरमार्फत १३२ केभीको संरचना जुम्ला लगायत स्थानहरूमा पुर्याउनुपर्ने हुन्छ । यसका अलावा, प्रदेशभित्रै विद्युत उत्पादनमार्फत ग्रिडमा समाहित गरी विद्यमान गुणस्तरलाई वृद्धि गर्नुपर्ने विकल्पसमेत रहेको छ ।

निश्चय नै प्राविधिक भौतिक संरचनाहरूको स्तरोन्नति कालान्तरमा होला । सन्दर्भ, मात्र सम्पन्न अवधिको हो, आर्थिक स्रोत सुनिश्चिततासँगै गरिनुपर्ने निजी सार्वजनिक जग्गा अधिकरण, वातावरणीय स्वीकृति, अन्तर–सरकारी समन्वयजस्ता जटिलताले भविष्यमा पनि लक्षित आयोजना तोकिएको समयभित्र सम्पन्न नहुने प्रष्टिन्छ । अतः राष्ट्रिय प्रसारणका क्षेत्रमा कम्तीमा दिवा विद्युतीय माग सम्बोधन गर्न भए पनि ब्याट्रीरहित सौर्य ऊर्जा प्रणाली सहजरूपमा ग्रिडमा जोड्नु जरुरी छ ।

यसका लागि, वैज्ञानिक महसुल व्यवस्थापनमार्फत जोड्ने कार्यमा कुनै कन्जुस्याइँ गर्नु हुँदैन । साथै, प्रदेशका नागरिकले संविधानतस् भरपर्दो र गुणस्तरीय विद्युत पाउनुपर्छ । निजी क्षेत्रका १०–१५ मेगावाटका आयोजनामार्फत दिवा मागमा आधारित उद्योगधन्दा, स्वास्थ्य, शिक्षा मात्रै नभएर सरकारी कार्यालयमा समेत गुणस्तरीय आपूर्ति सुनिश्चित गर्न सकिन्छ । जसबाट, स्थानीय अर्थतन्त्र चलायमान भई विकासका क्षेत्रमा महत्त्वपुर्ण टेवा पुग्नेछ ।

८ करोड रुपैयाँ प्रतिमेगावाट हाराहारीमा जडान गर्न सकिने यस्ता प्रणालीको विकासमा निजी क्षेत्रको तीव्र इच्छा भए पनि लम्बेतान प्रक्रिया र उचित महसुलको अभावमा अलपत्र छन् । केन्द्रकै भर पर्नुपर्ने हालको व्यवस्था हटाई प्रदेश स्तरबाट छरितो तवरमा लगानीमैत्री वातावरण सिर्जना भएमा कम समयमा गुणस्तरीय आपूर्तिको व्यवस्था गर्न सकिन्छ । बर्खामा उचित बजारको अभावमा उब्रेको विद्युतले प्रपञ्जीमा परेको दुष्चक्रको प्रभावलाई आधार मानी यस्ता प्रयासहरूलाई सार्थकता नदिनु बिडम्बना हो ।

प्रत्येक स्थानीय तहमा सौर्य, जलविद्युत, जैविकजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूमार्फत ५०० किलोवाटदेखि १ मेगावाटसम्म विकेन्द्रित ऊर्जा प्रणालीे विकास गर्न सकिन्छ । यसका लागि राष्ट्रिय योजना आयोगको पोस्तीमा ५ वर्षदेखि निहित प्राविधिक तथ्यसहितको कार्ययोजना ‘कर्णाली ऊज्यालो अभियान’मा दरिलो आधार हुन सक्छ । आज ऊर्जा सुरक्षाका लागि विकसित राष्ट्रहरू विकेन्द्रीकरण ऊजा विकासमा होमिएका छन् । हाम्रो विशिष्ट परिवेश स्वयंले यस्ता प्रणालीेहरू माग गर्दा आजको लगानीले भविष्यमा गुणस्तरीय विद्युत आपूर्तिमा उत्कृष्ट भुमिका खेल्नेछ ।

अन्त्यमा

नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्त्वकांक्षी लक्ष्य राखेको छ । यस्तो अवस्थामा कर्णाली प्रदेशमा धमाधम विद्युतीय संरचनाहरू विस्तार, स्तरोन्नति तथा विकेन्द्रित विद्युतीय प्रणालीेहरू प्रवद्र्धन गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा आवश्यक स्वास्थ्य, शिक्षा, खानेपानी, शौचालय निर्माण, विद्युतजस्ता आधारभूत विषयमा विगतदेखि नै वैदेशिक अनुदानमा भर पर्ने परिपाटी छ ।

हाल अनुदान घट्दै गएको र त्यस्ता कार्यक्रमसमेत सङ्कुचन हुँदै गइरहेको अवस्था छ । यस्तो परिस्थितिमा काठमाडौँजस्ता मुख्य शहरहरूलाई थप आधुनिकीकरण गर्न स्मार्ट विद्युतीय ग्रीड, टनेल मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग, भ्यू टावरजस्ता संरचना विकास गर्न वैदेशिक ऋण सहर्ष स्वीकारिएको छ । अतः कर्णाली उज्यालो अभियानका लागि समेत कुनै लघुताभासबिना त्यस्तो स्रोत स्वीकारिनुपर्छ ।

उक्त कार्यले समग्र देश विकासमा प्रयोग भइरहेको राष्ट्रिय ऋणमध्ये कर्णालीवासीको हिस्सामा पर्ने अंशको अर्थपूर्ण प्रयोजन हुन सक्छ । साथै, स्थानीय तह, प्रदेश स्तरमा प्राविधिक जनशक्ति परिचालन गरी राष्ट्रिय ग्रीडमा सौर्य विद्युत प्रवेशमैत्री प्रस्ट नीति तथा कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ । यसो गर्दा, निकै कम समयमा कर्णालीले विद्युत क्षेत्रमा महत्त्वपुर्ण फड्को मार्नेछ ।

यस्ता प्रयासले दुई वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण गरी “उज्यालो कर्णाली”को नारालाई सार्थक तुल्याउन सक्छ । सँगसँगै, कर्णाली प्रदेशको चाहना पनि साकार बनाउन सकिनेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा विभिन्न छापा तथा गोष्ठी, सम्मेलनमा सुनिँदै आएको ‘माथिल्लो कर्णाली’, ‘एमसीसी’, ‘क्रस ब्रोडर लाइन’जस्ता शब्दहरूबाट कर्णकुटित कर्णालीवासीलाई विमानित अवस्थाबाट मुक्त  गर्न सकिनेछ । यसका लागि “कर्णाली उज्यालो अभियान”को सार्थक नतिजामुखी कार्यक्रमको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस

डा नारायणप्रसाद अधिकारी

डा अधिकारी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक हुन् ।

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३