विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष तथा सदस्यसहित नवनियुक्त पदाधिकारीहरुलाई नवीकरणीय ऊर्जा प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका छन् । आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई उनीहरूले भेटेर स्वागत गर्दै बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरका हुन् । 

उक्त अवसरमा नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) का अध्यक्ष गुणराज ढकालले विद्यमान परिप्रेक्ष्यमा आयोगले जलविद्युत् बाहेकका ऊर्जा प्रविधिहरूका लागि पनि सम्वोधन गर्नुपर्ने र विद्युत् उर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन आयोगलाई सुझाव दिए । 

नव नियुक्त अध्यक्ष धितालले आयोगले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि गर्न सक्ने र सहकार्यका लागि आयोग सकारात्मक रहने बताए । यसैगरी जलविद्युत् बाहेक अन्य विद्युत् प्रविधिको उपयोगका लागि उपयुक्त वातावरणका लागि पहल गर्ने जानकारी दिए । उनले उर्जा दक्षता, उर्जा सुरक्षा र उर्जा मिश्रणका सम्बन्धमा निजी क्ष्ोत्रको सहयोग हुनु आवश्यक भएको बताए ।

यसैगरी आयोगका नवनियुक्त सदस्यहरु डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मा तथा यसअघिदेखि नै आयोगमा बाहल रहेका सदस्य गौतम डंगोलले आ–आफ्नो धारणा राख्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गरे ।  

निजी क्षेत्रका तर्फबाट उद्यमीहरु नबिन भुजेल, रामबहादुर भण्डारी, नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, नेपाल सौर्य तापीय संघका अध्यक्ष केशवराज खनाल, नेपाल बायोग्यास प्रवद्र्धन संघका अध्यक्ष उपेन्द्र रिमाल, किरण गौतम, इन्द्र खनाल, उत्तम सिटौला, सञ्जीव पोखरेलले पनि विभिन्न उर्जा प्रविधिका उपादेयताका लागि पहल गर्नुपर्ने विचार व्यक्त गरे ।    

नेपाल नविकरणीय उर्जा परिसंघको अग्रसरतामा आयोजित भेटघाट कार्यक्रममा निजी क्षेत्रका लघु जलविद्युत्, सौर्य विद्युत, सौर्य तापीय, बायोग्यासका छाता संगठनका अध्यक्षहरू, पूर्व अध्यक्षहरू, पदाधिकारीहरूका साथै बायोमास उर्जा उद्यमी संस्थाका प्रतिनिधिरूको सहभागिता रहेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३