विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावरको सहायक कम्पनी दार्चुला पावर लिमिटेडद्वारा प्रवर्द्धित २८.३० मेगावाटको मध्य–चमेलिया जलविद्युत् आयोजना निर्माणको शिलान्यास गरिएको छ । पूर्व–मन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीसहितकाे उपस्थितिमा शनिबार आयाेजनाकाे शिलान्यास गरिएकाे हाे । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता बडूले दार्चुलामा उत्पादन हुने बिजुलीलाई १३० किलोमिटर पर अत्तरिया सबस्टेशनमा लैजानुभन्दा ३० किलोमिटर टाढा पर्ने भारतको जौलजिबी सबस्टेशनमा पुर्‍याएर भारतमा बिक्री गर्नु आर्थिक रूपमा लाभदायक हुने बताए । यसका लागि नेपाल–भारत जोड्ने पुल निर्माण भइसकेको र अब विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकार प्रयत्नशील रहेको पनि उनको भनाइ थियो । बडूले कानुन संशोधन गरी निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न अनुमति दिनुपर्ने समेत बताए ।

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति सिंहले आयोजना समयमै निर्माण पूरा हुने आशा व्यक्त गर्दै नेपालमा खपत नहुने अवस्थामा दार्चुलाको विद्युत् छोटो दूरीमा पर्ने भारतको जौलजिवि सबस्टेशनमार्फत भारत निर्यात गर्न सके लाभदायक हुने बताए ।

कार्यक्रममा अपि पावर कम्पनीका सल्लाहकार गुरु न्यौपानेले आयोजनाको शिलान्यास कार्यक्रममा स्थानीय समुदायको साथ पाए थप जलविद्युत् आयोजनामा लगानी गर्ने बताए । कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको यो चौथो जलविद्युत् आयोजना भएको र थप आयोजनाहरूको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए । न्यौपानेका अनुसार ले आयोजना दुई वर्ष (२४ महिनाभित्र अर्थात् २०८३ माघभित्र) मध्य–चमेलिया निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।  

कम्पनीका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–२ लाम्बगडमा आयोजनाको बाँधस्थल रहने छ । यो बाँध अपि पावरले नै निर्माण गरेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् हभन्दा आधा किलोमिटर तल निर्माण गरिने छ । मार्मा गाउँपालिका–३, नलबगडमा आयोजनाको विद्युत्गृह निर्माण गरिने छ । बाँधस्थलबाट ३.३३ मिटर ब्यासको एमएस पाइपलाइन मार्फत् विद्युत्गृहसम्म पानी पुर्‍याइने छ । 

आयोजनामा ५ अर्ब ६६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । आयोजनामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहने छ । २५ प्रतिशत दार्चुला पावरको स्वपुँजी लगानी रहेने छ । प्रवद्र्धक कम्पनीको प्रमुख सेयधनी अपि पावर रहेको छ ।

आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । आयोजनाबाट प्रतिसेकेन्ड २५.१७ घनमिटर पानी प्रवाह हुनेछ भने नेट हेड (उचाइ) १२८.४६ मिटर रहनेछ । उत्पादन भएको बिजुलीलई ९ किलोमिटर तल रहेको बलाँच सबस्टेसनमा जोड्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३