विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत ३१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमा जलविद्युत् उत्पादनको कूल जडित क्षमता हालसम्म जम्मा ३३३८.८०६ मेगावाट पुगेको छ । जलविद्युत् उत्पादन सुरु भएको ११३ वर्षमा उक्त क्षमता हासिल भएको हो । राणा प्रधानमन्त्री चन्द्र समशेरको पालामा वि.सं. १९६८ मा एसियाकै पहिलो तथा विश्वकै दोस्रो जलविद्युत् केन्द्रका रूपमा ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्र निर्माण भएको थियो । त्यसयता, झण्डै ८१ वर्षसम्म सरकारी निकायबाट जम्मा २३६ मेगावाट मात्रै जडित क्षमता पुगेको थियो । यसले त्यस अवधिमा देशको जलविद्युत् विकास निकै सुस्त भएको देखाउँछ ।

विद्युत् ऐन २०४९ ले निजी क्षेत्रलाई जलविद्युत् उत्पादनमा प्रवेश दिएपछि भने विद्युत् विकासमा तुलनात्मक रूपमा बढी प्रगति भएको देखिन्छ । उक्त ऐन अनेसार निजी क्षेत्रले प्रवेश पाएको झण्डै ३२ वर्षमा भने कुल जडित क्षमतामा ३१०० मेगावाट थप भएको छ । यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी पुगिसकेको छ । अझै पनि जडित क्षमताको हिसाबले हेर्ने हो भने जलविद्युत् विकासको गति तीव्र बन्न सकेको भने देखिँदैन । यद्यपि, पछिल्लो समय निर्माणाधीन आयोजनाहरू प्रणालीमा थपिएपछि भने देशले विद्युत् विकासमा निकै ठूलै फड्को मार्ने अनुमान गरिएको छ । हाल करिब ४ हजार मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा छन् भने करिब ४ हजार ३ सय मेगावाटका आयोजना पिपिएको पर्खाइमा छन् । निर्माणाधीन आयोजना मात्रै सञ्चालनमा आउँदा पनि नेपालले विद्युत् विकासमा ठूलै फड्को मार्ने देखिन्छ ।

हाल देशको समग्र विद्युत् उत्पादनको कूल जडित क्षमता भने हालसम्म ३५०४.९५६ मेगावाट पुगेको छ । यसमा जलविद्युत्सहित सौर्य विद्युत्, थर्मल विद्युत् र चिनी उद्योगहरूले बगास (खोइला) बाट सह–उत्पादनको रूपमा उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको बिजुली रहेको छ । यस मध्ये ५३.४१ मेगावाटको डिजेल तथा मल्टिफ्युल पावर प्लान्टको उत्पादन र चिनी उत्पादन गर्ने क्रममा सह–उत्पादनको रूपमा उत्पादन हुने ६ मेगावाट विद्युत्लाई घटाउने हो भने नेपालमा नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को कूल जडित क्षमता ३४४५.५४६ मेगावाट रहेको देखिन्छ ।

१६९ जलविद्युत् केन्द्रबाट ३३२४ मेगावाट

सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरूको सङ्ख्या १६९ वटा रहेको छ । यी आयोजनाको कुल जडित क्षमता ३३२४.५८४ मेगावाट रहेको छ । यी आयोजना मध्ये सबैभन्दा सानो जलविद्युत् केन्द्रको रूपमा नेपाल विद्युत् प्राधिकरणले २०४२ साल कात्तिक १६ गतेबाट कास्कीमा सञ्चालन गरिरहेको १.५ मेगावाटको सेती खोजा जलविद्युत् केन्द्र र बाराही हाइड्रोपावर लिमिटेडले २०७५ असार २४ गतेबाट बाग्लुङमा सञ्चालन गरिरहेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत् आयोजना रहेका छन् । यी मध्ये सबैभन्दा ठूलो विद्युत् केन्द्रका रूपमा अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले २०७८ भदौ ४ गतेबाट दोलखामा सञ्चालनमा ल्याएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र रहेको छ । 

१८ लघ जलविद्युत् केन्द्रबाट १४ मेगावाट

१ मेगावाटभन्दा साना १८ वटा लघु जलविद्युत् केन्द्र सञ्चालनमा छन् । यी आयोजनाबाट कुल १४.२२२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यस्ता केन्द्र मध्ये सबैभन्दा साना स्याङ्गे विद्युत् कम्पनी लिमिटेडको स्याङ्गे खोला जलविद्युत् केन्द्र रहेको छ । स्याङ्गे विद्युत् कम्पनीले यो आयोजना २०५८ साल माघ १० गतेदेखि लमजुङमा सञ्चालन गरिरहेको छ । त्यस्तै, यी मध्ये सबैभन्दा ठूलो उत्पादन केन्द्रको रूपमा १ मेगावाटको नेपाल विद्युत् प्राधिकरणले २०२६ साल वैशाख १ गतेदेखि कास्कीमा सञ्चालन गरिरहेको सेती खोला जलविद्युत् आयोजना रहेको छ ।

२१ सौर्य विद्युत् केन्द्रबाट १०६ मेगावाट

हालसम्म नेपालमा १०६.७४ मेगावाटका २१ सौर्य विद्युत् केन्द्र सञ्चालनमा आएका छन् । यी मध्ये सबैभन्दा सानो केन्द्रको रूपमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०७६ चैत १० गतेदेखि ललितपुरको बुङ्गमतिमा सञ्चालन गरिरहेको ६८० किलोवाटको सौर्य ऊर्जा केन्द्र रहेको छ । त्यस्तै सबैभन्दा ठूलो आयोजनाका रूपमा १० मेगावाट क्षमताका ४ विद्युत् केन्द्र रहेका छन् ।

ती मध्ये प्योर इनर्जी लिमिटेडले २०८० सालदेखि सञ्चालनमा ल्याएको १०/१० मेगावाटका सोलार पिभी प्रोजेक्ट रानियापुर बल्क–१ र सोलार पिभी प्रोजेक्ट बाँके ब्लक–२ रहेका छन् । त्यस्तै, इको पावर डेभलपमेन्ट प्रालिले २०७७ फागुन २२ गतेदेखि धनुषामा सञ्चालन गरिरहेको मिथिला सोलार पिभी पावर केन्द्र सञ्चालन गरिरहेको छ भने झापा इनर्जी लिमिटेडले २०७९ वैशाख ११ गतेदेखि शिवसताक्षी धाम धापामा १० मेगावाटको सौर्य विद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

२ वटा डिजेल प्लान्टबाट ५३ मेगावाट

नेपाल विद्युत् प्राधिकरणसँग २ वटा थर्मल प्लान्ट रहेका छन् । यी दुई आयोजनाको कुल क्षमता ५३.४१ मेगावाट रहेको छ । विगतमा नेपालमा जलविद्युत्को अवभाव हुँदा डिजेलबाट विद्युत् उत्पादन गरी औद्योगिक प्रयोजनामा लगाइएको थियो । हाल यी दुवै आयोजना बन्द अवस्थामा छन् । यद्यपि, अप्ठ्यारो अवश्थामा यी प्लान्टलाई सुचारु गरी विद्युत् उत्पादन गर्न सकिने सम्भावना भने रहेको छ । यी मध्ये मकवानपुरमा १४.४१० मेगावाटको हेटौँडा डिजेल सेन्टर र मोरङमा ३९ मेगावाटको दुहबी मल्टिफ्युल सेन्टर रहेका छन् ।

२ उद्योगबाट ६ मेगावाट सह–उत्पादन

हालसम्म नेपालमा २ वटा उद्योगले उद्योग सञ्चालनका क्रममा सह–उत्पादन (बाइ–प्रडक्ट) का रूपमा उत्पादन गर्ने ६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । एभरेष्ट सुगर एन्ड केमिकल उद्योग लिमिटेडले जनकपुरले चिनी उत्पादनका क्रममा उत्पादन हुने ३ मेगावाट र इन्दुशङ्कर चिनी उद्योग सर्लाहीले उत्पादन गरेको ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३