विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइन अबको ३ सातामा सञ्चालनमा आउने भएको छ । निर्माण पूरा हुन लागेको प्रसारण लाइन बैशाख मसान्तभित्र  सञ्चालनमा आउन लागेको हो ।

२०७३ कात्तिकदेखि निर्माण सुरु भएको प्रसारण लाइन साढे ४ वर्षमा पूरा भई सञ्चालनमा आउन लागेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । उनका अनुसार प्रसारण लाइनको सबै ८४ वटा टावरको जग खनेर टावर ठड्याउने काम पूरा भइसकेको छ ।

‘प्रसारण लाइनको २६ किलोमिटरमध्ये २४ किलोमिटर तार तान्ने काम पनि सकिएको छ’ उनले ऊर्जाखबर सँग भने, ‘बाँकी २ किलोमिटरमा तार तान्ने काम भइरहेको सकिएपछि प्रसारण लाइन सञ्चालनमा आउँछ ।’ अबको २ सातामा तार तान्ने काम पनि पूरा हुने उनले बताए । 

प्रसारण लाइन अन्तर्गत पर्ने समुन्द्रटार सबस्टेसनको सबै काम पूरा गरी परीक्षण समेत सकिएको छ । यो प्रसारण लाइन आयोजना २०७७ बैशाखदेखि  नै सञ्चालनमा ल्याउने तयारी थियो । तर, निर्माण पूरा भइनसकेकाले एक वर्ष ढिला भएको हो । कोरोना (कोभिड–१९) महामारीको असरले लामो समय निर्माण प्रभावित हुँदा अवधि लम्बिएको हो ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

प्राधिकरणले त्रिशूली रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरिरहेको हो । चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन पूरा गर्न १ अर्ब ५१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यो प्रसारण लाइन सञ्चालनमा आउँदा करिब २ सय ७० मेगावाट हाराहारीमा विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा जोडिने गरी अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण पूरा भएको ५ मेगावाटको आँधीशक्ति जलविद्युत आयोजनाको विद्युती पनि यही प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाको विद्युत त्रिशूली ३ ‘बी’ हब सबस्टेसन हुँदै काठमाडौं आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit