काठमाडौँ । गत वर्ष संसदमा दर्ता भई छलफलमा रहेको ‘जलस्रोत विधेयक, २०८१’ आज प्रतिनिधिसभाबाट पारित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रस्ताव गरेको संसोधित बुँदा सहितको विधेयक बहुमतले पारित गरेको हो ।
उक्त विधेयकमाथि प्रतिनिधिसभा संसदको पूर्वाधार विकास समितिले दफावार छलफलपछि प्रतिवेदन तयार गरी पेश गरेको थियो । सोही प्रतिवेदनसहितको प्रस्ताव मन्त्री खड्काले संसदमा पेश गरेका थिए ।
यो पनि पढ्नुहाेस्ः मन्त्री खड्काले 'जलस्रोत विधेयक २०८१' पारित गर्न संसदमा प्रस्ताव गर्दै
विधेयक संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको ३१औँ दिनदेखि नयाँ ऐनको रूपमा कार्यान्वयनमा आउने व्यवस्था छ ।