विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जाविद् डा. मुकेशराज काफ्लेले नेपालका उत्तरी क्षेत्र तथा चीनको तिब्बततर्फ पर्ने वर्तमानमा अस्तित्वमा रहेका र भविष्यमा बन्न सक्ने हिमताल नेपाल जस्ता तल्लो तटीय क्षेत्रका लागि थप जोखिम र चिन्ताको विषय भएको बताएका छन् । भोटेकोसी नदीमा बुधबार (२०८३ भदौ १० गते) आएको विनाशकारी बाढीको खास कारण हालसम्म यकिन भइनसकेको भए पनि हिमताल विस्फोटबाट आउने विनाशकारी बाढी तथा विपत्का घटना विगतका वर्षहरूमा समेत हुँदै आएकाले भविष्यमा यो थप चिन्ताको विषय बन्न गएको उनले बताएका हुन् ।

यसबारे विश्लेषण गर्दै उनले भनेका छन्, ‘भोटेकोसीमा मिसिने ल्हेन्दे खोलामा २ वर्षअघि पनि हिमताल विस्फोटबाट विनाशकारी बाढी आएको थियो । नेपाल विश्वका सबैभन्दा बढी हिमनदी र हिमताल भएको देश हो । जलवायु परिवर्तन लगायतका कारणले धेरै हिमताल बन्ने, आयतन बढ्ने र फुट्ने क्रम बढ्दै गएको छ । यी मध्ये धेरै हिमताल फुट्ने जोखिममा छन् ।’

उनले भविष्यमा बन्न सक्ने यस्ता विशाल हिमताल थप जोखिमपूर्ण र चिन्ताजनक बन्ने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हिमनदीको पछाडि हट्ने गति र भू–आकृतिको विश्लेषणका आधारमा खुम्बु क्षेत्रमा पर्ने भोटे र ङाङजुम्बा क्षेत्रमा आगामी दशकहरूमा नयाँ तथा विशाल हिमतालहरू बन्न सक्ने अध्ययनहरूले देखाएका छन् । विशेष गरी ङाङजुम्बा हिमताल हिमाली क्षेत्रकै ठूलो हिमताल बन्न सक्ने देखिएको छ । हाम्रा लागि यो थप चिन्ताको विषय छ ।’

 हिमताल विस्फोटबाट सिर्जना हुँदै आएका यस्ता विपत्का घटनाबाट पाठ सिकेर हामीले भविष्यका लागि सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

भिडियो विश्लेषण हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३