विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘दिगो ऊर्जाका लागि जलविद्युत्’ भन्ने मूल नाराका साथ ललितपुरमा हुने ‘दिगो जलविद्युत् विकास सम्मेलन’ले न्यून कार्बनमुखी अर्थतन्त्र निर्माण गर्ने विषयलाई विशेष जोड दिनेछ । बिहीबार (मंसिर ७ गते) हुने क्षेत्रीय सम्मेलनले जलविद्युत्‌काे दिगो प्रयोगले कसरी न्यून कार्बनमुखी अर्थतन्त्र निर्माण गर्ने तथा सीमापार व्यापार बढाउने पक्षलाई विशेष जोड दिने भएको हो ।

औद्योगिक क्षेत्रको विकासमा जलविद्युत् क्षेत्रको योगदान बढाउने, विद्युत् व्यापार बढाउने, न्यून कार्बनमखी अर्थतन्त्र निर्माण गर्ने, शुन्य कार्बन उत्सर्जन लगायतका लक्ष्यसहित यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

साथै, सम्मेलनले नेपालमा दिगो जलविद्युत् विकासका लागि वैदेशिक लगानी कसरी भित्र्याउने, जलवायु तथा दीर्घकालीन सीमापार विद्युत् व्यापारका लागि आगामी दिनमा गर्नुपर्ने कार्यलाई जोड दिने जनाइएको छ । जलस्राेत व्यवस्थापन तथा ऊर्जा सुरक्षामा दक्षिण एसियाली मुलुकको आवश्यकताका विषयमा पनि बहस तथा छलफल हुनेछ ।

उक्त एक दिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान  लगायत अन्य देशका जलविद्युत् विज्ञ, प्रवर्द्धक, लगानीकर्ता, सरोकारवालाको सहभागिता रहने छ । यो सम्मेलन हाइड्रो पावर सस्टेनेबिलिटी अलायन्स, बिजबेल, इन्टरनेशनल हाइड्रो पावर एशोसियशन (आइएचए), नेपाल हाइड्रो पावर एशोसियशन (एनएचए)को सहकार्य तथा नर्वेजियन विकास सहयोग संस्था (नोराड), अमेरिकी सहयोग नियोग (युएसआईडी) तथा ऊर्जा नेपालको वित्तीय सहयोगमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३