विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीपहिरोले निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनामा अर्बौ क्षति पुर्याएपछि निर्जीवन बीमा कम्पनीहरूले क्षतिको स्थलगत विवरण संकलन सुरु गरेका छन् । असार सुरु भएयता अविरल वर्षासँगै आएको बाढी पहिरोले ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरलगायत जिल्लाका आयोजनामा पुर्याएको क्षतिको विवरण संकलन थालेका हुन् ।

असार १ र २ गते आएको बाढीपहिरोले ४५३ मेगावाटका ३० जलविद्युत आयोजनामा ८ अर्ब रुपैयाँ बढीको क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले आफुले बीमा गरेका आयोजनाको स्थलगत निरिक्षण गरी क्षतिको विवरण संकलन गर्न थालेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । ‘बीमा कम्पनीका सर्वेक्षक (सर्भेयर) हरू स्थलगत निरिक्षणका लागि आयोजनास्थल पुगिसकेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थलगत अध्ययन पछि क्षतिको मूल्यांकन हुनेछ, सर्वेक्षकको प्रतिवेदन र जलविद्युत प्रवर्द्धककाे प्रारम्भिक प्रतिवेदन मुल्यांकन गरी बीमा दाबी भुक्तानी प्रक्रिया अघि बढ्छ ।’

हाल क्षतीको विश्लेषण गरेर प्रतिवेदन कम्पनीमा बुझाएर पुनर्बीमा कम्पनीमा पठाएपछि मात्रै कम्पनीहरूले दाबी भुक्तानी पाउने क्षेत्रीले बताए । यस्तै, इपानले बाढीले प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर बाढीको क्षतिको जानकारी गराउने तयारी समेत गरेको छ ।

सञ्चालनमा रहेका १३२ मेगावाटका आयोजनामा ६ अर्ब क्षति

बाढीले सञ्चालनमा रहेको १३२ मेगावाटका १२ जलविद्युत आयोजनामा क्षति पुर्याउँदा ६ अर्ब रुपैयाँ बढीको आर्थिक क्षति भएको छ । सबैभन्दा ठूलो २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति पुर्याएको इपानले जनाएको छ । उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति

बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । ६ मेगावाटको सुपर हेवा खोला, ४ मेगावाटको पिलुवा खोला, १५.१ मेगावाटको सभा खोला–बी, ४.२ मेगावाटको सभा खोला–सी, ९.७ मेगावाटको इंवा खोला, १३.५ मेगावाटको सुपर काबेली–ए, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड, २१.९३ मेगावाटको काबेली–३, ३७.६ मेगावाटको काबेली–ए, ७.५ मेगावाटको हेवा खोला–ए, ९७.५ मेगावाटको इसुवा खोलामा क्षति पुर्याएको छ ।

यसैगरी, ४०.१ मेगावाटको इसुवा क्यासकेड, १४.१ मेगावाटको तल्लो इर्खुवा, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, ३.५ मेगावाटको फेदी खोला, १०.४ मेगावाटको सभा खोला ए, १५.२ मेगावाटको इर्खुवा ‘बी’ मा क्षति पुर्याएको इपानले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

बाढीले निजी क्षेत्रका जलविद्युत आयोजनामा ८ अर्ब बढीको आर्थिक क्षति

२३ जलविद्युत आयोजना पूर्णतः बाढीकाे प्रकाेपमा; इपान भन्छ: जलविद्युत इतिहासकै सबैभन्दा ठूलो क्षति

बाढीका कारण हेवा खोला ‘ए’ पूर्ण रूपमा क्षतिग्रस्त (फोटो फिचर समेत)

बाढीले दर्जनौं बढी जलविद्युत आयोजनामा अर्बौं क्षति

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३