विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असार सुरु भए यताको अवीरल वर्षासँगै आएको बाढीले निजी क्षेत्रका जलविद्युत आयोजनामा अर्बाै रुपैयाँ बढीको आर्थिक क्षति पुर्याएको छ । बाढीले निर्माण सम्पन्न भई सञ्चालनमा आएका तथा निर्माणाधीन जलविद्युत आयोजनाको संरचनामा क्षति पुर्याउँदा ठूलो आर्थिक नोक्सानी हुन पुगेको हो ।

नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका १५० मेगावाटका १३ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जानकारी दिएको छ ।

‘आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशिघ्र राहत र उद्धार तथा वेपत्ताहरूको खोजीकार्यका लागि इपान स्थानीय प्रसाशन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछ’ इपानले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेसिनमा निर्माण भएका ८.५ मेगावाटको हेवा खोला, ४.५ मेगावाट हेवा खोला, ५ मेगावाट सुपर हेवा खोला, ४ मेगावाट अपर पिलुवा खोला, ९.९ मेगावाट डाउन पिलुवा, ५ मेगावाट पिलुवा खोला र ४ मेगावाट सवा खोला लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ ।

यसैगरी, ताप्लेजुङ र पाँचथर जिल्लामा इंगुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा निर्माण भएका आयोजनाहरूः  १० मेगावाट इंगुवा खोला, १० मेगावाट इवा खोला, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको काबेली बी-१ क्यासकेड, १५ मेगावाटको हेवा खोला-ए, ५ मेगावाटको हेवा खोला, २२ मेगावाटको तल्लो हेवा खोला क्षति पुर्याएको इपानले जानकारी दिएको छ ।

मनसुन सुरु भएको १/२ दिनमै बाढी पहिरोले हदसम्मको क्षति पुर्याकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी, मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इपानले अनुरोध गरेको छ ।

सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता

सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता  भएका छन् । सन्तोष ढकाल, फैजबहादुर कार्की, भुवनसिंह तामाङ, सुवास राई, गणेश गिरी, राजकुमार मगर, मीना श्रेष्ठ, रामजतन थारू, राहुल थारू, रोहित थारू, पुलसन थारू, कालीराम थारू, राजराम थारू, सुगत थारू, अमर थारू, सीता थारू, दीपक मगर बेपत्ता भएका छन् । यसैगरी, अप्पर हेवा हाइड्रोवारका ज्ञानबहादुर लिम्बु बेपत्ता भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३