विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ असार २९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठामाडौं । असार सुरु भए यताको अवीरल वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा सञ्चालित १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा पूर्णरूपमा क्षति पुर्याएको छ । असार १ र २ गते आएकाे बाढीले  विद्युतगृह, बाँधलगायतका संरचनामा ठूलो क्षति पुर्याएको हो ।

बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन ९ महिनादेखि एक वर्ष लाग्ने प्रवर्द्धक पाँचथर पावर कम्पनीका वित्तिय व्यवस्थापक सुन्दरमनी सुवेदीले बताए । ‘बाढीले केन्द्रको सबै संरचनामा क्षति पुर्याएको छ, अहिले विद्युतगृह पुरै बन्द छ,’ उनले भने, ‘क्षतिको यकिन गर्न सकिएको छैन, आयोजनास्थल जाने बाटो बन्द भएकोले जना सकिएको छैन ।’ आयोजनाको निरीक्षण तथा अध्ययनका लागि सर्वेक्षक पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३